ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो
मर्चवारमा नाडा लुम्बिनीको निशुल्क स्वस्थ्य शिविर

आठ सय बिरामीले लिए लाभ

१४ फाल्गुन २०७९, आईतवार
१४ फाल्गुन २०७९, आईतवार

बुटवल, १४ फागुन
मर्चवारका बासिन्दाहरुलाई स्वस्थ्य सचेतनासंगै सेवा दिने उद्येश्यका साथ एक दिने निशुल्क स्वस्थ्य शिविर, सचेतना तथा औषधी वितरण कार्यक्रम गरिएको छ । लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडा (लुम्बिनी) को आयोजना तथा सिद्धार्थ महिला तथा बाल हस्पिटल आम्दा नेपालको प्राविधिक सहयोगमा समरीमाई गाउपालिकाको जनता माबि बिजरौलीमा शनिबार निशुल्क स्वस्थ्य शिविर, सचेतना तथा औषधी वितरण गरिएको हो । लुम्बिनी प्रदेश स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका स्वस्थ्यमन्त्री विष्णु प्रसाद पन्थीले डा राजेन्द्र प्रसाद बश्याललाई स्वस्थ्य सामग्री हस्तान्तरण सहित शिविरको उद्घाटन गरे । रुपन्देही बिकट क्षेत्र मानिने मर्चवारका जनताको आवश्यकता अनुसार काम भएको बताए । शिक्षा, स्वस्थ्य, सरसफाईको क्षेत्रमा सरकारसंग सामाजिक संघसंस्थाहरुको सहकार्य जरुरी रहने उनले बताए ।

 


कार्यक्रममा लुम्बिनी नाडाका अध्यक्ष गणेश भट्टराईले आफनो पेशा ब्यवसायसंगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताए । वार्षिक कार्ययोजना अनुसार स्वस्थ्य सचेतनाको कार्यक्रमलाई रुपन्देही जिल्लाकै बिकट मानिने मर्चवारमा लगेर कार्यक्रम गरेको उनले बताए । शिविरमा स्त्री रोग विशेषज्ञ डा राजेन्द्र प्रसाद बश्याल, फिजिसियन डा केशव शर्मा, बालरोग अरुण पोखरेल, आम्दा नेपालका आकस्मिक सेवा प्रमुख श्रीकान्त सुवेदी लगायत एक दर्जन बढी प्राविधिकहरुबाट सेवा दिइएको थियो । शिविरमा करीब ९ लाख रुपैया बराबरको औषधी र सेवा दिईएको उनले बताए ।
शिविरमा आएका बिरामीहरुमध्ये अधिकाशमा महिलामा पाठेघरको समस्या, बच्चाहरुमा रुघाखोकी, दम पाईएको चिकित्सकहरुले बताए । उनिहरुलाई थप सेवाका लागि समेत परामर्श दिईएको थियो । कार्यक्रममा सम्मरीमाई गाउपालिका प्रमुख बिनोद कुमार श्रीवास्तव, उपप्रमुख प्रियंका शाही सिह, निमित्त प्रमुख प्रशासकिय अधिकृत मुन्सी प्रसाद माझी, नाडा अटो मोबाईल डिलर्स एशोसियसन नेपालका सहसचिव पंकज अग्रवाल, जनता मावि ब्यवस्थापन समितिका अध्यक्ष राजाराम धोबी, प्रधानाध्यापक मखन लोध, एमआर बसन्त पोखरेलले सरकारी सेवाबाट ओझेलमा परेका क्षेत्रमा ब्यवसायिक संघसंस्थाहरु समेत सामाजिक उत्तरदायित्व निवार्ह गर्दै गाउघरमै सेवा पाउनु उत्कृष्ट कार्य भएको बताए । कार्यक्रम संयोजक नाडा लुम्बिनीका सचिव राम प्रसाद बेल्बासेले स्थानिय आठ सय बढी बिरामीहरु सेवा लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?