ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रजनन् स्वास्थ्य महत्वपूर्ण पाटो : स्वास्थ्यमन्त्री पन्थी

१३ फाल्गुन २०७९, शनिबार
१३ फाल्गुन २०७९, शनिबार

बुटवल, १३ फागुन ।

लुम्बिनी प्रदेशका स्वास्थ्थ मन्त्री विष्णु पन्थीले प्रजनन स्वास्थ्य मानव जीवनका लागि अति महत्वपूर्ण विषय भएकाले सबै संवेदनशिल हुनु पर्ने बताएका छन् । उनले यो संवेदनशिलतालाई ध्यानमा राखेर मन्त्रालयले आगामी कार्ययोजना बनाउने बताए । सबै क्षेत्रले यसको महत्वलाई बुझेर काम गर्न सक्ने हो भने कुनै पनि आमाले प्रसुतीको अवस्थामा ज्यान गुमाउन नपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य भगवती घिमिरेले सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको आनीबानीले पनि स्वास्थ्य सेवा लिन आउनेहरुलाई प्रभावित बनाउने भएकाले त्यस विषयमा पनि स्वास्थ्य संस्था र स्वास्थ्थकर्मीहरु सचेत हुनु पर्नेमा जोड दिईन् । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उपसचिव महेश पाण्डेयले सरकारले लागु गरेका सबै नीति नियमहरु संघ संस्थामा सही रुपमा कार्यान्वयन भए नभएको निगरानी सबैले गर्नु पर्नेमा जोड दिए । महाशाखा प्रमुख पुष्पराज पौडेलले अब सन्तान जन्माउँदा कुनै पनि आमाले मृत्यु वरण गर्नु पर्ने अवस्था नआओस् भन्नका लागि यस्ता कार्यक्रमहरुले महत्वपूर्ण अर्थ राख्ने बताए ।

सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले अब सञ्चारकर्मीले प्रजनन् स्वास्थ्यलाई जोडेर समाचार लेख्नु पर्नेमा जोड दिईन् । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका नर्सिङ अधिकृत सुनिता खनालले लुम्बिनी प्रदेशको प्रजनन् स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले अबका दिनमा प्रजनन् स्वास्थ्यका कुरा घरघरमा जानकारी हुनु पर्ने भन्दै त्यसका लागि स्वास्थ्य कार्यालयले विभिन्न कार्यक्रमहरु गरिरहेको बताए ।
कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख विना राना , लुम्बिनी सास्कृतिनगर पालिकाका उपप्रमुख कल्पना हरिजन, कञ्चन गाँउपालिकाका उपाध्यक्ष मौसमी थापा विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?