© २०२३
भैरहवा, १३ फागुन ।
बौद्धिक अपाङ्गता अभिभावक संघ रुपन्देहीको १० औँ जिल्ला भेलाबाट नयाँ नेतृत्व चयन भएको छ ।
बाबुराम केसीको अध्यक्षतामा ९ सदस्यीय चयन भएको हो । तीन वर्षे कार्यकालका लागि उपाध्यक्षमा हरि शंकरलाल दास, सचिवमा कमल प्रकाश खनाल, कोषाध्यक्षमा गीता खनाल निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सन्तोष पन्थी, सुमि श्रेष्ठ, सञ्जय केसी, चन्द्र सेन यादव, नारायण पौडेल सर्बसम्मतरुपमा चयन भएको निर्वाचन अधिकृत कृष्णराज ढुंगानाले जानकारी दिए । जम्मा १ सय ३ जना मतदाता भएको संघमा सर्वसम्मतरुपमा निर्वाचन सम्पन्न भएको ढुंगानाले बताए ।
लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष पाण्डेले गरेको उद्घाटन सत्रमा अध्यक्ष, सचिव र कोषाध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघका अध्यक्ष होमनाथ अधिकारी, संस्कृत विद्याश्रमका अध्यक्ष डिआर शर्मा, शिक्षाविद् ज्ञानदेव हटुवाल, नेपाल रेडक्रस सोसाइटीका जिल्ला उपाध्यक्ष रुपमा हिराचन, त्यसैगरी संघका उपाध्यक्ष हरिशंकरलाल दास र सदस्य सन्तोष पन्थीले मन्तब्य राखेका थिए ।