© २०२३
बुटवल, १३ फागुन ।
बुटवल उपमहानगरपालिका वडा नं. ३ स्थित तिनाउ टोल बचत तथा विकास कोषमा एक दिने नेतृत्व तथा वित्तिय साक्षरता सम्बन्धी तालिम दिईएको छ । कोषका कार्यसमिति पदाधिकारी, सदस्य, लेखा समितिका सदस्यहरु गरी २५ जनालाई एक दिने नेतृत्व तथा वित्तिय साक्षरता बारे तालिम दिईएको हो ।
कार्यक्रमको एक समारोहका बीच वडा नं. ३ का वडा महिला सदस्य रतिमला बिकले उदघाटन गर्दै टोलस्तरमा रहेका संघसंस्थाहरुलाई चलायमान बनाउन दिईने तालिमलाई ब्यावहारिक बनाउनुपर्ने बताईन् । कार्यक्रममा संस्थापक अध्यक्ष गोपाल प्रधानले स–साना बचत संकलन गरी बचतकर्तालाई ऋण दिने तथा स्वरोजगारमा अग्रसर गराउँदै आएको बताए ।
कार्यक्रममा प्रशिक्षक शिवराज बश्याल, रामविलास गुप्ताले तालिमलाई सहजिकरण गरेका थिए । संस्थामा कार्यक्रम संचालन, भाषण कला विकास, औपचारिक रुपमा संस्थाको बैठक, माईन्युट लेखन लगायतका बारेमा प्रशिक्षण दिईएको थियो । वि.सं. २०५७ सालमा स्थापना भएको संस्थाले सदस्यहरुबाट मासिक ३० रुपैयाँ उठाएर बचत संकलन सुरु गरेको थियो । हाल मासिक एक सय र दुई सय रुपैयाँ गरी सेतो र रातो कार्डको मापदण्ड बनाएर बचत संकलन गर्दै आएको अध्यक्ष अमित क्षेत्रीले बताए । वार्षिक योजना बनाएर संस्थालाई ब्यवस्थित र कर्मचारी, पदाधिकारीहरुको क्षमता विकासका कार्यक्रम ल्याएको उनले बताए । संस्थामा १ सय ६० जना सदस्यहरु रहेको सचिव तनुजा राना घर्तिले बताईन् ।