© २०२३
बुटवल, १३ फागुन ।
अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसले स्ववियु निर्वाचनको लागि सभापति पदको उम्मेदवार टुङ्गो लगाएको छ । मूल इकाई समितिको पाँचौ बैठकमा इकाई अध्यक्षको सफारिस अनुसार स्ववियु सभापति टुङ्गो लगाएको हो ।
आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि लुम्बिनी प्रदेशको पहिलो आङ्गिक तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आङ्गिक क्याम्पस बुटवल बहुमुखी क्याम्पसको अनेरास्ववियू (क्रान्तिकारी) मुल इकाई समितिको पाँचौ विस्तारित बैठकबाट क्याम्पसको मूल इकाई कमिटीका उपाध्यक्ष शिव बहादुर खवास (सङ्गम) लाई सर्वसम्मत सभापति पदको उम्मेदवारको लागि सिफारिस गरेको छ ।
बैठकमा प्रमुख अतिथि अनुप पोख्रेलले अखिल क्रान्तिकारी अन्य विद्यार्थी संगठन भन्दा फरक र बलियो संगठन भएको बताउँदै बिगतमा पनि क्याम्पसलाई व्यवस्थित बनाउन अखिल क्रान्तिकारीको मख्य भुमिका रहेको बताए । त्यस्तै केन्द्रीय सदस्य टेकराज रेग्मीले पनि स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले विशेष र विद्यार्थीले प्रत्यक्ष लाभ लिने बिषयलाई एजेण्डा बनाएर अगाडि बढे निर्वाचन जित्ने निश्चित रहेको बताए ।
क्याम्पसका इकाई अध्यक्ष बिष्णु प्रसाद ज्ञवालीले निर्वाचनको संघारमा रहेको बताउँदै अब ढिला नगरी सम्पूर्ण विद्यार्थीहरुलाई कटिबद्ध भएर मैदानमा उत्रिएर यस निर्वाचनमा सबैले आफ्नो विषयगत ठाउँबाट सक्दो सहयोग गर्न निर्देशन दिए ।
बैठकको अध्यक्षता मुल इकाई समितिका अध्यक्ष बिष्णु प्रसाद ज्ञवालीले गरेका थिए । कार्यक्रममा माओवादी केन्द्र बुटवल उपमहानगरपालिकाका अध्यक्ष महेन्द्र भुसाल र अखिल (क्रान्तिकारीका पदाधिकारीहरु, क्याम्पसका इकाइ कमिटी, सह इकाई लगायत सोही क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहको थियो ।