© २०२३
बुटवल, १२ फागुन ।
रोटरी क्लव अफ बुटवल र आरसिसी वसन्तपुरको संयुक्त आयोजनामा देवदह नगरपालिका वडा नम्बर ३ वसन्तपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
क्लवले आफ्नो १४ सय ५१ औं नियमित बैठकसँगै वसन्तपुरमा फुलबारी आधारभूत प्राथमिक विद्यालयका बालबालिका र स्थानीयहरुलाई लक्षित गर्दै आँखा शिविर आयोजना गरेको हो ।
शिविरका लागि लायन्स क्लव अफ बुटवल र लायन्स आँखा अस्पतालले सहयोग गरेको थियो । शिविरको उदघाटन देवदह नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष यज्ञ अर्यालले गरेका थिए ।
शिविरमा १४८ जनाले आँखा जाँच गराएकामा १३ जनालाई आँखा सम्बन्धी समस्या देखिएको रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले जानकारी दिए ।
त्यस अवसरमा बोल्दै वडाअध्यक्ष अर्यालले रोटरीले स्वास्थ्य क्षेत्रमा रचनात्मक कार्यहरु गर्दै आएको भन्दै रोटरीको कामबाट ग्रामीण क्षेत्रका नागरिकले बेबाबेलामा निःशुल्क स्वास्थ्य सुविधा प्राप्त गर्न सकेको बताए ।
त्यस अवसरमा फुलबारी आधारभूत विद्यालयका अध्यक्ष ओमप्रकाश अर्याल, प्रधानाध्यापक हुमनाथ ढकाल, आरसिसी वसन्तपुरका अध्यक्ष बाबुराम बिक, पुर्व अध्यक्ष चुरामणि भारती, रोटरीयन तुलबहादुर सारु लगायतले निःशुल्क आँखा शिविरबाट बालबालिकासँगै स्थानीयले लाभ लिएको बताएका थिए ।