ट्रेंडिंग:

>> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु

घटना दर्ता सम्बन्धी सरोकारवालासँग अन्तक्र्रिया

११ फाल्गुन २०७९, बिहीबार
११ फाल्गुन २०७९, बिहीबार

चन्द्रौटा(कपिलवस्तु), ११ फागुन ।

कपिलवस्तुको शिवराज नगरपालिका–९ मा घटना दर्ता सम्बन्धी धर्म गुरु र सरोकारवालाहरुसँग अन्तक्र्रिया गरिएको छ । घटना दर्ता गर्न सेवाग्राहीले लापरबाही गरेकोले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

अन्तक्र्रिया कार्यक्रममा सामाजिक तथा पञ्जिकरण शाखा प्रमुख तथा एमआइएस अपरेटर दीपक खड्काले घटना दर्ता समयमै गर्न सेवाग्राहीलाई आग्रह गरे । सेवाग्राहीले घटना दर्ता गर्न ढिलासुस्ती गर्न नहुने जनाउँदै सरकारले तोकेको मापदण्डअनुसार सेवा लिन सहजता प्रदान गर्नुपर्ने उनले बताए । प्रशिक्षण दिँदै खड्काले कानुनसम्मत मिल्ने कामकाज कर्मचारीले स्वयं गर्ने बताउँदै सेवाग्राहीले राजनैतिक हस्ताक्षेपले काम गर्न दबाब दिन नहुने बताए ।

सानै उमेरमा हुने गरेको बाल विवाहले घटना दर्तामा एकदमै समस्या निम्ताएको बताउँदै बसाइसराइ गर्दा समयमै निश्चित स्थानमा दर्ता गराउनुपर्ने समेत उनले बताए । धर्म गुरु र सामाजिक अभियानताहरुले यसलाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्व खड्काले व्यक्त गरे ।

घटना दर्ताबारे स्थानीयलाई जनचेतना नभएकाले आधिकारिक डाटा आउन नसकेको बताए । यो कार्यक्रम पालिकाको ६ वटा वडामा सञ्चालन हुने उनको भनाइ छ । दर्ता भएको १ बर्षको अवधिमा बिग्रिएको सच्याउन मिल्ने बताउँदै लापरबाही गर्न नहुने अपरेटर खड्काले उल्लेख गरे ।

यसैबीच अर्का प्रशिक्षक वीपिन खनालले घटना दर्ताको कानुनी प्रक्रिया सेवाग्राहीलाई प्रष्ट पारे । स्थानीयले कानुनी नीति नबुझी कर्मचारीसँग बाझिने गरेको बताउँदै जसले समयमै सेवा प्रवाह गर्न नसकेको उनले जनाए ।

वडा नम्बर–९ का वडा अध्यक्ष राम गोपाल थारुले यस कार्यक्रमले जनचेतना जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । सेवाग्राहीलाई समयमै घटना दर्ता गरि सेवालाई चुस्तदुरुस्त बनाउन टेवा पुग्ने समेत उनले जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?