ट्रेंडिंग:

>> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने

सडक निर्माण नसके आन्दोलन गर्ने स्थानीयको चेतावनी

१० फाल्गुन २०७९, बुधबार
१० फाल्गुन २०७९, बुधबार

दाङ, १० फागुन ।

निर्माण कार्यको जिम्मेवारी लिएर लामो समय सडक निर्माण कार्य नसकेर लथालिङ्ग पारेको विरोधमा घोराहीका स्थानीयले फागुन १४ गतेसम्म काम सुचारु नगरे सडक कार्यालयमा तालाबन्दीदेखि चक्काजामसम्मको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

ट्राफिक चोकमा बुधबार गरिएको विरोध कार्यक्रम घोराही १४ स्थित सिद्धार्थ गौतमनगर टोलका अध्यक्ष चित्रकान्त आचार्य र बयलडाँडा चौतारी क्लवका अध्यक्ष नारायणप्रसाद भुसालको अगुवाईमा भएको हो ।

१४ गतेसम्म आफुहरुले उठाउँदै आएको जायज माग सुनुवाइ नभए जिल्ला प्रशासन कार्यालय घेराउ, सडक डिभिजन कार्यालयमा तालाबन्दी तथा चक्काजामसम्मको आन्दोलनका कार्यक्रम गरिने चेतावनी दिईएको छ ।

सडक निर्माण कार्य निर्माणमा भएको ढिलासुस्तीले अनाहकमा दुःख पाएको भन्दै पटक पटक ध्यानाकर्षण गराउँदा पनि काम सम्पन्न गर्नुको साटो सडक लथालिङ्ग पारेर अलपत्र पारेपछि स्थानीयले निर्माणकार्य चाँडो सम्पन्न गर्नतर्फ अग्रसरता बढाउन नभए फागुन १४ गतेपछि कडा आन्दोलनमाा उत्रिने चेतावनी दिएका छन् ।

२०७० सालदेखि निर्माण थालनी गरेर अहिलेसम्म पनि सडक निर्माणको काम सम्पन्न नगरी ठेकेदार कम्पनी बेपत्ता हुँदा पनि सडक डिभिजन कार्यालयले चासो नलिएर नागरिकलाई दुःख दिएको, निर्वाचनका बेला सडक पूर्वाधार, सुशासनलगायत सस्तो नारालगाएर जितेर केन्द्र र प्रदेशमा पुगेका सांसद मन्त्रीले नागरिकको दुःखमा साथ नदिएको तथा बढ्दो आर्थिक संकटका बेलामा पनि व्यवसायीका पक्षमा कुनै कुरा सम्बोधन नगरेको गुनासो गर्दै आन्दोलनमा उत्रिनु परेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए । सडक पूर्वाधार निर्माणमा भएको ढिलाई र लापरवाहीले व्यवसायीलाई विभिन्न समस्या थपिनुका साथै मानव स्वास्थ्यमा पनि असर गरिरहेको बेलामा पनि सरकार मुकदर्शक भएको बताए ।

स्वर्गद्वारी यातायात व्यवसायीका वसन्त अधिकारीले जनतालाई ढाल बनाएर सत्तामा पुगेका नेताहरुले आफुले गरेका वाचा भुलेको बताए । सडक अस्तव्यस्त भएको बेलामा पनि चिल्ला गाडीमा हिड्ने नेताहरुले जनताको सास्ती भुलेको प्रति आक्रोश पोखे । सिस्नुपानी नेपालका अध्यक्ष डाक्टर लोकराज पराजुलीले नागरिकको पक्षमा नेताहरु गम्भीर बन्न नसक्दा व्यवस्था बदलिएपनि अवस्था बदलिन नसकेको बताए ।

यसअघि दवाव स्वरुप ८ गते सडक डिभिजन कार्यालयको मुल गेटमा तालाबन्दी गरेर कार्यालय प्रमुखसहित कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए । तर, मंगलबार बेलुकीसम्ममा निर्माण सामग्री झारेर काम सुचारु गरिने वचन दिएको अवस्थामा पनि काम नभएपछि आफुहरु थप संघर्षमा उत्रिनु परेको भुसालले बताए ।

घोराहीको कटुवाखोला देखि तुलसीपुरको चोक सडक पटक पटक म्याद भएर पनि काम नगर्ने ठेक्दारलाई म्याद गुज्रिएको लामो समय भई सक्दा पनि कारवाही नगर्ने, काम पनि नगर्ने अवस्थाको अन्त्य गर्दै अबिलम्ब सडक निर्माण र मर्मत कार्य अघि बढाउन दवाव दिईएको छ ।

विरोध कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघ, नागरिक समाज, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?