Butwal Today

गण्डक नहरमा दुई छोरा सहित हाम फालेकी महिला मृत फेला

९ फाल्गुन २०७९, मंगलवार
अ+
अ-

पश्चिम नवलपरासी, ९ फागुन ।

पश्चिम नवलपरासीको गण्डक नहरमा दुई बच्चा सहित हाम फालेकी महिलाको शव भेटिएको छ । नहरमा हाम फालेको स्थान भन्दा एक सय मिटर तल दुवै छोरालाई सलले बाँधेको अवस्थामा तीनै जना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपि भोजराज पाण्डेयले जानकारी दिए ।

आज दिउंसो २ बजे तिर सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई काखमा लिएर हाम फालेकी थिईन् । उनको जनपथ र सशस्त्र प्रहरीको टोलीले खोजी गरी मृत अवस्थामा फेला पारेको हो ।

ती महिलाको मानसिक सन्तुलन सामान्य नरहेको प्रहरीले जनाएको छ । उनका श्रीमान् वैदेशिक रोजगारमा छन् । उनी दुई छोरा र सासु संग बस्दै आएकी थिईन् ।