ट्रेंडिंग:

>> बिसिए च्यालेन्जर्सको कप्तानी गर्दै नौ बर्षीय कृकेटर अनमोल बाबु >> वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस >> स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को ४ बुँदे निर्णय, आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान >> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष

दुर्घटनाको क्षति रोक्न सर्वपक्षीय सहकार्य गरौंः मन्त्री पन्थी

८ फाल्गुन २०७९, सोमबार
८ फाल्गुन २०७९, सोमबार

बुटवल, ८ फागुन ।

लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु पन्थीले सडक दुर्घटनाबाट हुने अकाल मृत्युबाट नागरिकलाई बचाउन सबैको चासो र सहकार्य आवश्यक रहेको बताएका छन् ।

“बढ्दो दुर्घटनाका कारण हाम्रो समाज अक्रान्त छ, दुर्घटनाले समाजका योग्य र कुशल नागरिक समेत गुमाउनु परेको छ यस्तो भयाबह अवस्था कम गर्न सबैको सहकार्य जरुरी छ”– पन्थीले भने ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको “नेशनल रोड सेफटी काउन्सिल नेपाल” को आयोजना, नासा नेपाल र सुरक्षित यात्रा अभियान नेपालको संयोजन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा बुटवलमा आयोजित सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामुलक कार्यक्रम बोल्दै मन्त्री पन्थीले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका उद्योग बन बातावरण पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले दुर्घटना न्युनिकरणका लागि नागरीक सचेतना जगाउन लुम्विनी प्रदेश सरकारले आवश्यक कदम चाल्ने बताए ।

मन्त्री यादवले सडक दुर्घटनाबाट हुने क्षति अकल्पनीय ढंगको हुने बताउँदै यसको न्युनिकरणका लागि बिद्यालय स्तरबाटै पाठ्यक्रम आवश्यक रहेकोले मन्त्रालयले सो अनुसारको नीतिगत प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले नागरिक सचेत नभए सम्म सडक र सवारीमा हुने अब्यवस्था हटाउन कठिन हुने बताउँदै नागरिकलाई दुर्घटनाका बिषयमा सचेत बनाउनु पहिलो आबश्यकता भएको बताए ।

लुम्विनी प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नासा पाउण्डेशनका महासचिव गोविन्द भट्टराईले सडक दुर्घटनाको अवस्था र मानवीय क्षतीको नियन्त्रण, अभियान्ता कमला आचार्यले सडक दुर्घटना न्युनिकरणमा सामाजिक संघ संस्थाहरुको भूमिका, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले लुम्विनी प्रदेशको ट्राफिक ब्यवस्थापनका समस्या र अवस्था तथा सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले दुर्घटना न्युनिकरणका लागि नागरिक स्तरबाट भएका कार्यहरु बारे प्रस्तुतिकरण गरेका थिए ।
लुम्विनी प्रदेशका पेशागत, व्यवसायिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको सो कार्यक्रममा पूर्वाधार नीति, कार्यक्रम तथा सुरक्षित यातायातको दीर्घकालिन योजनाका लागि सुझावहरु प्रस्तुत भएका थिए ।

कार्यक्रमले प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरी संयोजक, पुर्व सभासद दिपा बिश्वकर्मा, नेपाल रेडक्रस सोसाईटीका दिपक क्षेत्री न्यौपाने, यातायात ब्यवसायी नारायण प्रसाद घिमिरे, दिनेश फुल्लेल, ई.नवसुजित भण्डारी, अधिकारकर्मी रिमा बिसी लगायत रहेको प्रोभिन्स रोडसेफ्टी एलायन्सको सचिवालय गठन गरेको छ ।

कार्यक्रमले नेपाल सरकारले प्रतिवद्धता व्यक्त गरेको सन् २०३० सम्ममा सडक दुर्घटना र यसबाट हुने हताहती तथा घाइतेको संख्या आधा घटाउने लक्ष्यलाई, प्रदेशको सरकार, पालिका तथा नागरिक समुदायबाट साथ सहयोग तथा समर्थन व्यक्त गर्दै बिभिन्न १७ बुंदे बुटवल घोषणा पत्र समेत जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission