ट्रेंडिंग:

>> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन
खबर एक्सप्रेस

मन्त्री पद त्याग, तर शुभकामना र सरकारी सेवा सुविधा निरन्तर

उनले पदबहाली अस्वीकार गरेपनि मन्त्रीकै हैसियतमा हिंडेको विषयमा न्युज बुटवल टुडेले राखेको जिज्ञासामा आफू राजीनामा स्वीकृत नभएसम्म मन्त्रीकै हैसियतमा रहेको बताइन्
८ फाल्गुन २०७९, सोमबार
८ फाल्गुन २०७९, सोमबार

बुटवल, ८ फागुन ।

लुम्बिनी प्रदेश सरकारमा मन्त्री नियुक्त भएकी माओवादी केन्द्रकी नेतृ कृष्णा केसीले पद अस्वीकार गरेपनि मन्त्रीकै हैसियतमा शुभकामना दिने र सेवा सुविधा लिने काम गरिरहेकी छन् । उनलाई मन्त्री सिफारिसका विषयमा सत्तारुढ माओवादी भित्र चुलिएको विवाद पनि अझै साम्य भएको छैन । पुस २८ मा मन्त्री नियुक्त भएकी कृष्णा केसीले माघ २८ मा आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएपनि अहिलेसम्म पदभार ग्रहण गरेकी छैनन् ।

तर उनले सामाजिक सञ्जालमा विभिन्न पर्वमा मन्त्रीकै हैसियतमा शुभकामना दिइरहेकी छन् भने सरकारी गाडी नै प्रयोग गरिरहेकी छन् । आइतबार नेपालगन्ज रंगशालामा २८ औं माओवादी जनयुद्ध दिवसको अवसरमा भएको फुटबल प्रतियोगिताको उदघाटनमा उनी मन्त्रीकै हैसियतमा सहभागी भएकी थिइन् । त्यस्तै तीनदिन अघिमात्रै केसीले मन्त्रीकै हैसियतमा नेपालगन्जमा प्रदेशस्तरीय प्रदर्शनीको उदघाटन गरेकी थिइन् ।

मुख्यमन्त्री लीला गिरीसँगै नियुक्ती बाँकेकी केसीले पार्टीको संसदीय दलबाट निर्णय नभई जिम्मेवारी विभाजन भएको भन्दै पदभार अस्वीकार गर्दै आएकी छन् । मन्त्री बनेको एक महिनापछि आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मा पाएकी उनले काम गर्न मानेकी छैनन् ।

मन्त्री भएको डेढ महिना पुग्न लाग्दासमेत पदवहाली गरेकी छैनन् । उनीसँगै जिम्मेवारी तोकिएका सबै मन्त्रीले पदवहाली गरे पनि उनले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै पदवहाली अस्वीकार गर्दै आएकी छन् ।

तर उनले पदबहाली अस्वीकार गरेपनि मन्त्रीकै हैसियतमा हिंडेको विषयमा न्युज बुटवल टुडेले राखेको जिज्ञासामा आफू राजीनामा स्वीकृत नभएसम्म मन्त्रीकै हैसियतमा रहेको बताइन् । पदभार ग्रहण नगरी किन मन्त्रीको हैसियतमा हिंड्नुभएको भन्ने जिज्ञासामा केसीले भनिन्–“यस्तो प्रश्न सोध्ने तपाईं को ? म राजीनामा स्वीकृत नभएसम्म मन्त्रीकै हैसियतमा छु, पदभार ग्रहण गर्ने नगर्ने मेरो कुरा हो, मन्त्रीबाट हटेका मान्छे पनि एक डेढ महिनासम्म मन्त्रीकै हैसियतमा हिंडेका छन्, तिनको बारेमा खोज्नुस् न ।”

उनले आफूलाई यस्ता प्रश्न नगर्न आग्रह गरिन् । “म जुन हैसियतमा हिंडेपनि तपाईंलाई के मतलव”–उनले भनिन् ।

सत्ता गठबन्धनमा भएको भागवण्डाअनुसार माओवादीलाई परेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा उनको दाबी थियो । तर, पार्टीले उनलाई आन्तरिक मामिला मन्त्रालयलको जिम्मेवारी दिएपछि उनले अस्वीकार गर्दै मन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनको राजीनामा स्वीकृत पनि भएको छैन । मन्त्री केसीले जिम्मेवारी बाँडफाँडमा पार्टीभित्र व्यक्तिको एकल निर्णय भएको भन्दै पार्टीमा छलफल गरेर मात्र पदवहाली गर्ने–नगर्ने निर्णय लिने बताएकी थिइन् ।

उनकै मागअनुसार फागुन ४ गते पार्टीको प्रदेश कमिटीको बैठक बसेको थियो । बैठकको बहुमतले मन्त्री केसीलाई जिम्मेवारी लिन निर्देशन दिए पनि उनले त्यो अस्वीकार गरेर संसदीय दलको बैठक माग गरेकी छन् ।

माओवादी स्रोतकाअनुसार उनले संसदीय दलको बैठकपछि पनि जिम्मेवारी स्वीकार नगरे कारबाही गर्नुपर्ने माग पार्टीभित्रै जोडदारले उठिरहेको छ । मन्त्री केसी माओवादीमा जर्नादन शर्मा निकट मानिन्छिन् ।

पार्टीभित्रको विवाद बढ्दै गएपछि संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा काठमाडौं लागेका छन् । मन्त्री कृष्णा केसीले महराकै निर्णय मान्न अस्वीकार गरेपछि नेतृत्वलाई विवाद मिलाउन आग्रह गर्न उनी काठमाडौं लागेको माओवादी नेताहरुको भनाइ छ ।

माओवादीभित्रै अहिले मन्त्री बनेका नेताहरुको नाममा विवाद बढ्दै गएपछि अहिले सरकारमा गएका तीनै जनालाई फिर्ता बोलाएर नयाँ अनुहारलाई पठाउनुपर्ने दबाब आएको छ । तर भरखर मात्रै सरकारमा सहभागी भएकाले त्यो संभावना भने कम रहेको छ ।

लुम्बिनीमा माओवादी नेता वर्षमान पुन र नेता जनार्दन शर्माको समूहबीच नेतृत्वमा कसलाई पठाउने भन्ने टकरावका कारण विवाद बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?