© २०२३
बुटवल, ६ फागुन ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनमा बुटवलमा फागुन २ देखि जारी कृषि मेला सकिएको छ । मेलामा २० लाखको कारोबार भएको छ भने २५ हजारले मेलाको अवलोकन गरेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल प्रसाद कसजुले बताए ।
मेला समापन कार्यक्रम मा बोल्दै लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसी राम शर्माले कृषिको विकासबाट मात्रै आर्थिक विकास संभव रहेको भन्दै यसमा सरकारले बढी भन्दा बढी ध्यान दिने बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, कृषि विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख राम प्रसाद पाण्डे, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निमित्त प्रमुख डा.परवेज आलम, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समशेर मिया, लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघका अध्यक्ष बाबुराम भुषाल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।