Butwal Today

दसौँ राष्ट्रिय खेलकुदः एपीएफ पुरुष फुटबलको सेमिफाइनलमा

१२ मंसिर २०८३, शनिबार
अ
अ+
अ-

कर्णाली ।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत पुरुष फुटबलतर्फ विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

कर्णाली प्रदेश रङ्गशालामा आज भएको एपीएफ र सुदूरपश्चिम प्रदेशबीचको खेलमा दुवै टोलीले निर्धारित समयमा २–२ गोलको बराबरी खेलेका थिए । उक्त खेलमा दुवै टोलीले अङ्क बाँडेका थिए । एपीएफसँग अङ्क बाँडेसँगै सुदूरपश्चिम भने लिग चरणबाटै बाहिरिएको छ ।

खेलको सातौँ मिनेटमा सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । एपीएफका गणेश पुलामीले खेलको १६औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको २६औँ मिनेटमा एपीएफका अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले २–१ गोलको अग्रता लियो ।

पहिलो हाफमा एक गोलले पछाडि परेको सुदूरपश्चिमका लागि दोस्रो हाफको ७२औँ मिनेटमा सन्दीप सिंहले गोल गर्दै सुदूरपश्चिमलाई २–२ गोलको बराबरीमा पु¥याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन । अघिल्लो खेलमा मधेश प्रदेशसँग सुदूरपश्चिम पराजित भएको थियो । आजै दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?