Butwal Today

रुपन्देहीको सालझण्डीमा ‘अभ्यास–सूर्यकिरण’ शुभारम्भ

९ मंसिर २०८३, बुधबार
अ
अ+
अ-
काठमाडौँ ।
नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास–सूर्यकिरण’ २० औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलमा सुरु भएको छ ।
मध्यपश्चिम पृतनाका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले उक्त अभ्यासको शुभारम्भ गरेका हुन् । दुवै देशका गणस्तरको फौज सम्मिलित यस अभ्यास यही मङ्सिर २२ गते सम्पन्न हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
विसं २०६७ बाट नेपाल र भारतमा वार्षिक रूपमा आलोपालो गरी सञ्चालन हुँदै आएको संयुक्त ‘अभ्यास–सूर्यकिरण’ को उन्नाइसौँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो । अभ्यासमा मुख्यतया विपद् व्यवस्थापन, जङ्गल युद्धकला र मानवीय सहयोगलगायत विषयमा दुई देशका सैनिकले सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदान प्रदान गर्नेछन् ।
सैनिक अभ्यासले दुई देशबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकलदर्जामा पेसागत ज्ञानको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?