© २०२३
बुटवल, ६ फागुन ।
ग्याँस लिक भएर आगलागी हुँदा घाइते बनेका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्य खतराउन्मुख देखिएको छ । भारतको मुम्बई स्थित नेशनल बोर्न अस्पतालमा उपचार गराइरहेका डा. भण्डारीको स्वास्थयमा सुधार भैरहेको अस्पतालले जानकारी गराएको छ । अस्पतालका अनुसार फोक्सोको तल्लो भागमा मात्र कार्बनको भाग देखिएकाले हृदयमा असर पर्ने देखिदैन ।
उपचाररत भण्डारीका सबै प्यारामिटरहरु सामान्य अवस्थामा रहेको भण्डारीको साथमा रहेका काँग्रेस नेता योगराज कंडेलले जानकारी दिए । उपचारमा संलग्न चिकित्सक धनन्जय भण्डारीलाई उद्धृत गर्दै उनले सबै प्यारामिटर नर्मल रहेको जानकारी गराए ।
पहिलो शल्यक्रिया गर्दा घाउको गहिराई बढी भएका कारण बढी समय लागेको उल्लेख गर्दै दास्रो शल्यक्रिया १२ घण्टाको निगरानीपछि मात्र गर्न सकिने डा. मुकेशले बताएको पनि कंडेलले जनाएका छन् । फोक्सोको तल्लो भागमा मात्र कार्वन मोनो अक्साईडको मात्रा देखिएको कारण हृदयमा असर नपर्ने जानकारी अस्पतालले दिएको उनले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी