Butwal Today

शारदा नगरपालिकाको कन्टेन क्रियशनमा सुनिभा र सुधा उत्कृष्ट

९ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

सल्यान ।

शारदा नगरपालिकाले कार्तिक महिनामा आयोजना गरेको खुला कन्टेन क्रियशन प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ ।

प्रतियोगिता अन्तर्गत उत्कृष्ट भिडियो निर्माणमा सुनिभा उपाध्याय र सुधा आचार्य विजयी भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विबिध क्षेत्रमा गरेका कामलाई नागरिकसम्म पुर्‍याउने र युवा तथा सिर्जनात्मक व्यक्तिलाई कन्टेन निर्माणमा प्रोत्साहन गर्ने उदेश्यले प्रतियोगिता सुरु गरिएको हो ।

‘शारदाको शिक्षा क्षेत्रमा नगरपालिकाले गरेका कामहरू’ विषयवस्तुमा आधारित भई तयार पारिएको भिडियोले प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेको हो । शारदा नगरपालिका, २ निवासी सुनिभा र सुधाको भिडियो उत्कृष्ट भएको भन्दै नगरपालिकाले बुधबार सार्वजनिक गरेको हो ।

स्थानीय तहले शिक्षा क्षेत्रमा अघि बढाएका गतिविधि र कामकारबाहीलाई दृश्य माध्यमबाट प्रस्तुत गर्ने उद्देश्यले नगरपालिकाले गत कार्तिक २५ गतेसम्म भिडियो पठाउन आह्वान गरेको थियो ।

उत्कृष्ट भिडियोलाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । सहभागीहरूलाई बढीमा तीन मिनेटसम्मको भिडियो फेसबुकमा पोस्ट गरी नगरपालिकालाई ट्याग गर्न वा ह्वाट्सएपमार्फत पठाउन भनिएको थियो । नगरपालिकाले नागरिक तथा युवाको सिर्जनशीलतालाई प्रोत्साहन गर्न यस्तो प्रतियोगिता प्रत्येक महिना सञ्चालन गर्ने जनाएको छ ।

स्थानीय तहका कामकारबाहीलाई जनस्तरमा पुर्‍याउन र युवाहरूलाई डिजिटल माध्यमबाट रचनात्मक रूपमा जोड्ने यस्ता पहलले स्थानीय सिर्जनशीलता अभिवृद्धि गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?