© 2026
सुर्खेत ।
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत बुधबार भएको महिला क्रिकेटमा बागमती विजयी भएको छ भने बास्केटबलतर्फ सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् ।
आज बिहान प्रदेश रंगशालामा भएको महिला क्रिकेटतर्फ सुदूरपश्चिम प्रदेशलाई पराजितगर्दै बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । बागमतीले सुदूरपश्चिमलाई सात विकेटले पराजित ग¥यो ।
बागमतीले टस जितेर सुदूरपश्चिमलाई व्याटिङको निम्तो दिएको थियो । पहिले व्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा ११२ रन बनाएको थियो । सुदूरका लागिओपनर मनिषा बोहराले ३० रन बनाइन् । खेलको अन्तिमतिर व्याटिङ गर्न आएकी अनु कडायतले महत्वपूर्ण २३ रनको नटआउट पारी खेलिन् । १५ बलको सामना गरेकीअनुले एक चौका र एक छक्काको मद्दतमा २३ रनको योगदान दिइन् । यस्तै कप्तान ऋतु कनौजियाले १४ बलम नटआउट १५ रन बनाइन् । सुदूरपश्चिमकी स्नेहा महराले २२ रनको योगदान दिइन् । सुदूरपश्चिमका ममता बोहराले दुई तथा रविनाबोहरा, यामु पाण्डे र ममता चन्दले एक एक रन बनाए ।
यस्तै कर्णाली प्रदेशमा जारी महिला बास्केटबल तर्फ बुधबार दुई वटा खेल सम्पन्न भएका छन् । बुधबार विहान सम्पन्नदुई वटा खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् । फुल–कोर्ट ९५×५० महिला बास्केटबल तर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ५२–२९ को अन्तरले पराजित गरेको हो । यस्तै दोस्रो खेलमा फुल–कोर्ट ९५×५० महिला बास्केटबल तर्फ सुदुरपश्चिम प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सुदूरपश्चिमले विजयी हासिल गरेको छ । सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ४७–३ फराकिलो अन्तरले पराजित गरेको हो ।