Butwal Today

अधिकार संविधानमा, व्यवहारमा अझै विभेद

९ मंसिर २०८३, बुधबार
अ
अ+
अ-

बुटवल ।

लैङ्गिकतथा यौनिकअल्पसंख्यक समुदायले संविधानबाट समानताको हक र राज्यकानिकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार प्राप्त गरे पनिव्यवहारमा अझै विभेद र अपमान सहनु परेको बताएका छन् ।

संविधानले नै समानताको अधिकार सुनिश्चित गरेको र नागरिकतामा लैङ्गिक पहिचानको विषयले समेत कानुनी बाटो समातेको अवस्थामा यस समुदायका व्यक्तिहरूले परिवार, समाज र राज्यका निकायबाट समान व्यवहार पाउनुपर्ने उनीहरूको जोड छ ।

ब्लु डायमण्ड सोसाइटीले भैरहवामा पत्रकारहरूसँग आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले कानुनी अधिकारसँगै सामाजिक स्वीकार्यता र व्यवहारमा समानता आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा सोसाइटीकी कार्यक्रम संयोजक एन्जल लामाले लैङ्गिकतथा यौनिक अल्पसंख्यक समुदायलाई पहिलो पटक मन्त्रालयकै नाममा प्रत्यक्ष रूपमा समेटिनु महत्वपूर्ण उपलब्धि भएको बताइन्। ‘महिला, बालबालिका, लैङ्गिकतथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय’ नामकरण हुनु यस समुदायको पहिचान र अस्तित्वलाई राज्यले स्वीकार गरेको सकारात्मक संकेत भएको उनको भनाइ थियो। रोजगारी पाउन अझै चुनौती छ । सीप र क्षमता हुँदा हुँदै रोजगारीमा विभेद भोग्न बाध्य भएको उनको तर्क रहेको छ ।

त्यस्तै, सोसाइटीकी रुबिना तामाङले लैङ्गिकतथा यौनिक अल्प संख्यकका रूपमा जन्मनु कुनै त्रुटि वा गल्ती नभएको बताइन् । तर, समाजको हेय दृष्टिकोण र विभेदपूर्ण व्यवहारका कारण समुदायका सदस्यहरू अपमानजनक परिस्थितिमा जीवन बिताउन बाध्य भएको उनले उल्लेख गरिन् ।

ब्लु डायमन्ड सोसाइटीका लुम्बिनी प्रदेश संयोजक रेशम न्यौपानेले परिवारले आफ्ना सन्तानको भावना र वास्तविक पहिचान बुझ्नुको सट्टा सामाजिक दबाबका कारण पहिचानलुकाएर बाँच्न बाध्यपार्ने अवस्था अझै रहेको बताइन् । परिवारबाटै स्वीकार्यता नपाउँदा उनीहरूको आत्मसम्मान र सामाजिक जीवनमा समेत असर पर्ने गरेको उनको भनाइथियो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको जनसङ्ख्या २ हजार ९ सय २८ रहेको छ। यो कुल जनसङ्ख्याको ०.०१ प्रतिशतहो । तर यो गणना पनि अझै निकै कमजोर बनेको र यसमाअझै धेरै मान्छेहरु खुल्न नसकेको उनीहरु तर्क रहेको छ।

कार्यक्रममा परिवार, विद्यालय, कार्यस्थल तथा राज्यका निकायमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई अन्य नागरिक सरह समान व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए। संविधानमा सुनिश्चित अधिकारको प्रभावकारी कार्यान्वयन, सामाजिक स्वीकार्यता र विभेदरहित वातावरण निर्माण हुन सके मात्रै समानताको अनुभूति गर्न सकिने उनीहरूको भनाइथियो। अझै पनि सामाजिक चेतनाको कमी रहको बताउदै पत्रकारले यस्ता बिषयक लमचलाउन समेत उनीहरुले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?