© २०२३
बुटवल, ५ फागुन ।
युवाहरुलाई लक्षित गरी फिटनेश हबको दोस्रो शाखा तिलोत्तमा नगर, शान्ति चोकमा शुभारम्भ हुने भएको छ । शहरीया ब्यस्त जीवनशैलीमा रहेकाहरुलाई थोरै समय भएपनि निकालेर ब्यायाम गर्ने बानी बसाउने गरी हब खोलिएको संचालक लोकेश थापाले बताए ।
पहिलो शाखा बुटवल कालिकानगरमा ३ वर्ष पूरा भएसंगै दोस्रो शाखा आइतबारबाट शुभारम्भ हुने उनी बताउँछन् । नेत्र बहादुर थापाको नेतृत्वमा पहिलो शाखा २०७६ असोज १ गते कालिकानगरमा युवाहरु लोकेश थापा, विनोद थापा, पुरन कार्की मिलेर खोलेका थिए । जिम लभरलाई लक्षित गरी नयाँ र सुविधासम्पन्न जिम हाउस खोलिएको उनले बताए । करिब डेढ करोड लगानीमा ३ हजार ५ सय स्क्वायर फिट क्षेत्रफलमा पूर्वाधार तयार गरिएको छ । जहाँ आकर्षक सजावट र अत्यधिक ब्यायामका मेशिनहरुका साथै महिला÷पुरुष चेन्जिङ रुम रहेका छन् । खेलप्रेमीहरु लोकेश थापा, विनोद थापा, नेत्र थापा, पुरन कार्की, विशाल थापा र आकाश शाह, सुनिल ज्ञवालीको टिमको लगानीमा रहेको छ ।
पहिलो शाखामा कार्डियो विशेष थियो भने नयाँ शाखामा जुम्बा क्लास स्पेशल रहेको हबका ब्यवस्थापक पुरन कार्कीले बताए । ‘नया ईक्युमेन्टहरुलाई जोड दिएका छौ’– उनले भने । ट्रेड मिल, क्रेस ट्रेनर, साईक्लिङसंगै मल्टि फंसन मेशिनहरु जडान गरिएको उनले बताए । रुपन्देहीका जिममा जुम्बा र कार्डियो मात्र गरिदै आएकोमा अहिले क्रसफिटका रुपमा नया भित्र्याएको उनले बताए । यसमा मंकिबार, टायर लिफ्ट, ब्याटल रोअ जस्ता तौल घटाउन उपयोगी ब्यायामहरु सिकाईने उनले बताए । तालिम प्राप्त प्रशिक्षकहरु विशाल थापा, आकाश शाहले तालिम दिने उनले बताए । जिम हाउसको ७० जनाले एक्ससाइज गर्न सक्ने क्षमता रहेको उनले बताए ।
गृहिणी महिलासँगै अफिस काममा ब्यस्त हुनेहरुलाई लक्षित गरी थोरै समय निकालेर ब्यायाम गर्न सके स्वस्थ बन्न सकिने भएकाले पनि यसमा आकर्षण बढ्दै गएको उनले बताए । फिजिकल एक्ससाईजसंगै डाईट प्लानका बारेमा विज्ञ टिमबाट सेवा दिदै आएको उनले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी