ट्रेंडिंग:

>> लाफा समूहले आयोजना गरेको दोस्रो मेयर कपको उपाधि कास्कीका बिधान र पबिनलाई >> प्रेस चौतारी रुपन्देहीको अधिवेशन माघ २८ मा >> ऐनमा छुटेका बिषयलाई नियमावलीले सम्वोधन गर्छौंः मुख्यमन्त्री आचार्य >> ह्वील अफ् लुम्बिनीद्वारा आर्थिक सहयोग वितरण >> पर्यटक तान्ने केन्द्र बन्ला ? घ्यूसँग नून साट्ने ‘बटौली’ >> महाकुम्भ मेलाबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते >> श्रीनगर डाँडामा विवाद >> तौलिहवामा श्रीराम कथा महायज्ञ आयोजना गरिदै >> दुई जिल्लाका सुरक्षा घेरा पार गरेर भारतीय रेडबुल कसरी राम्दी पुग्यो ? >> राधाकृष्ण युवा क्लबको बहुउद्देश्यीय भवन उद्घाटन, युवा लक्षित रचनात्मक गतिविधिमा उपयोग गरिने >> फिरन्ते ब्यवसायी फर्निचरलाई मुख्य चुनौती >> ब्लड बैक बनाउन ढिलाई नगरौ–नगरप्रमुख पाण्डेय >> दीप गायन ताराको बाह्रौं संस्करण हुँदै >> दुर्लभ पंक्षी सारस संरक्षणका लागि दुई देशका अधिकारी सहमत >> बुटवल औद्योगिक क्षेत्रमा नयाँ नेतृत्व >> गुल्मीमा पानी उद्योग स्थापना >> सामसङ ग्यालेक्सी एस२५ शृंखलाका स्मार्टफोनको प्रिअर्डर खुल्ला >> प्रगतिशील साहित्यलेखन यात्रा >> आठ सहकारीबाट चार करोड हिनामिना >> महिलामैत्री नीति बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री ढकाल >> वनस्पति विज्ञान र आध्यात्मको संयोजनः नवग्रह बाटिका निर्माण >> शोभनाथ चाचाको शोभा… >> राजकुमार ह्यारी बाघ र बर्दिया >> त्रिदेशीय महिला टी–२० क्रिकेटमा नेपालले आज थाइल्याण्डसँग खेल्दै >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ? >> तीव्र गतिको मोटरसाइकल सडक पेटीमा ठोकिँदा २८ वर्षका युवकको मृत्यु, अर्का गम्भीर घाइते >> बाल अधिकार संरक्षण गर्न स्थानीय सरकारसँग माग >> कपिलवस्तुमा क्रिप्टो कारोबारी तीन भारतीय पक्राउ >> अध्यादेशको विषयमा नकारात्मक टिप्पणी जरुरी छैन ।– मन्त्री ढकाल >> एचपीभी खाेप अभियानको तयारी अन्तिम चरणमा >> आयल निगमले बढायो इन्धनको मूल्य >> जनचेतना प्रवाहमा युवा लाग्नु पर्छ : मुख्यमन्त्री आचार्य >> रोल्पा–रुकुममा हिउँ पर्यटन >> पामिर इन्टरनेशनल एकेडेमीले मनायो १७ औँ वार्षिकोत्सव >> प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश >> श्रेष्ठता हासिल गर्ने हो भने विदेश जाने सपना देख्नुपर्दैनः मुख्यमन्त्री आचार्य >> क्रिप्टो करेन्सीका संगठित कारोबारी पक्राउ >> गायिका एलिना चौहानले काठमाडौं जिल्ला अदालतमा हालिन् सम्बन्धविच्छेदको मुद्दा >> पाल्पामा अबैध बारी इट्टाभट्टाको विगविगी, सरकारी निकाय मौन >> राष्ट्रियसभामा दुई बिधेयक पेश >> २० हजार धरौंटी तिरेर रिहा हुने आशिका तामाङ >> प्रहरी प्रमुख माथि छानबिन हुनुपर्छः राजेन्द्र लिङदेन >> होटल श्रमिक संघको अध्यक्षमा भण्डारी >> गोरखामा ट्याक्टरको पाङ्ग्राले किचेर १८ वर्षीय युवकको मृत्यु >> प्रतिनिधि सभामा सभामुखको भेदभाव, सत्तापक्षलाई २० मिनेट, प्रतिपक्षलाई १५ मात्र >> प्रधानमन्त्रीको दावी: मुलुकमा आर्थिक क्रियाकलाप बढ्यो, देखाए यस्तो तथ्यांक >> संविधान संसोधनका लागि प्रारम्भिक छलफल सुरू गरिसकेका छौंः देउवा >> थपिदै नया फुटबल प्रतियोगिता >> सरकारले राम्रो काम गरिरहेको छः देउवा >> कसैसँग दम भए मैले भ्रष्टाचार गरेको कुरा ल्याओस्: ओली

दाङको गोरक्ष रत्ननाथको पीरमा योगी ब्रह्मनाथ चयन

४ फाल्गुन २०७९, बिहीबार
४ फाल्गुन २०७९, बिहीबार

दाङ, ४ फागुन ।

दाङको ऐतिहासिक धार्मिक स्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ (मन्दिर) चौघेराको मठाधीशमा योगी ब्रह्मनाथ चयन भएका छन् । हरेक वर्ष फागुन कृष्णपक्षको एकादशीका दिन मन्दिरमा नयाँ मठाधीश (पीर) फेर्ने दिनको अवसरमा बिहीबार आगामी एक वर्षका लागि ब्रह्मनाथ मठाधीश भएका हुन् ।

यसैगरी, भण्डारीमा विपनाथ योगी, मुल पुजारीमा सागरनाथ योगी र भैरव अर्थात सहायक पुजारीमा काशीनाथ योगीलाई विधिपूर्वक जिम्मेवारी दिईएको छ ।

मठाधीश चयनका लागि मठका सञ्चालकहरू, योगीहरू र भद्रभलाद्मीहरूले दलिचा बैठक गरी चुन्ने परम्परा अनुसार यो पटक उहाँहरुलाई विधिपूर्वक जिम्मेवारी दिईएको छ । मठाधीश योगी ब्रह्मनाथले दोश्रो पटक जिम्मेवारी सम्हालेका छन् ।

मठाधीशलाई मठको प्रमुखका रूपमा मान्ने प्रचलन रहेको छ । मठाधीश भएपछि मठको नीति नियम र विधिमा रहनु पर्ने हुँदा एक वर्षसम्म मन्दिर परिसरभन्दा बाहिर निस्कन नपाउने र दैनिक पूजाआजामा मात्रै सहभागी हुनुपर्ने व्यवस्था रहेको छ । मठाधीश बन्नका लागि ब्रह्मचारी बसेको, कान चिरेको योगी हुनुपर्ने परम्परा रहेको गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ चौघेरा व्यवस्थापन समितिका कार्यालय सचिव हिरानाथ योगीले जानकारी दिए ।

वि. सं ८०९ सालदेखि नै पीर स्थापना र मेलाको आयोजना हुँदै आएको छ । पीर फेर्ने अवसरमा चौघेरामा भव्य मेला पनि लागेको छ । दाङका तत्कालीन थारू राजा रत्न पारखुको पालादेखि यो मठाधीश राख्ने र मेला लाग्ने प्रचलन चलिआएको विश्वास छ । मणि पारखुका छोरा दाङका थारू राजा रत्न पारखुले गोरक्षनाथबाट सिद्धि प्राप्त गरेपछि राज्य त्याग गरेर हिडेको र गोरक्षनाथले उनलाई पात्र दिएपछि पात्रसहित विश्व भ्रमणमा लागेको ईतिहासकारहरु बताउँछन् ।

उनी भ्रमणका क्रममा मक्कामदिना पुगेको र त्यहाँ धार्मिक हिंसा भड्किरहेको समयमा सबै धर्मको समन्वय गराएको बताईन्छ । जसका कारण मुस्लिम धर्मगुरुले पनि उनलाई आध्यात्मिक गुरु अरबी भाषामा ‘पीर’को उपाधि दिएको विश्वास गर्ने गरिएको योगीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?