ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
भलाई कोषको साधारण सभा

दुर्घटना न्यूनिकरणमा व्यवसायी र मजदूरको मुख्य भूमिका

४ फाल्गुन २०७९, बिहीबार
४ फाल्गुन २०७९, बिहीबार

बुटवल, ४ फागुन ।

सवारी दुर्घटना न्युनीकरणका लागि यातायात व्यवसायी तथा मजदूरहरुको मुख्य भूमिका रहने सरोकारवालाहरुले बताएका छन् ।
यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ४५ औं वार्षिक साधारण सभा तथा २३ औं अधिवेशनको उदघाटन सत्रमा बिहीबार बोल्ने वक्ताहरुले दुर्घटना न्युनीकरणसँगै यातायात क्षेत्रको व्यवस्थापनमा आपसमा सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै कोषका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य कुमार थापा मगरले दुर्घटना न्युनीकरण र दुर्घटना पछिको व्यवस्थापकीय भूमिकामा भलाई कोषले महत्वपूर्ण भूमिका खेलेको बताए ।

“दुर्घटना न्युनीकरण र क्षतिपुर्तीको विषय राज्यले अगाडि बढाउनुपर्ने हो, तर राज्यले गर्नुपर्ने काम भलाई कोषले गरेको छ”–थापाले भने । उनले यातायात व्यवसायी तथा मजदूर वर्गले उठाएका जायज मागलाई राज्यले संबोधन गर्नुको साटो कानुन विपरित जरिवाना असुल्ने काम गरेकाले त्यसविरुद्ध काठमाडौंमा आन्दोलन भएको बताए । तर आन्दोलन नियन्त्रणबाहिर जाँदा त्यसले यातायात व्यवसायी र मजदूरलाई नै घाटा पुगेको उनको भनाई छ ।

उनले बढ्दो दुर्घटना कम गर्न जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न पनि यातायात सम्बद्ध संस्थाहरुलाई आग्रह गरे । थुप्रै समस्या र चुनौतीको सामना गर्दै आएको कोषमाथि अहिले पनि थुप्रै चुनौती रहेको भन्दै थापाले चुनौतीको सामना गर्न सिंगो टिम एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । उनले चालक होसियार भए दुर्घटना न्यूनिकरणमा ७५ प्रतिशतले कमी आउने दावी गरे ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोषका अध्यक्ष दिनेश फुल्लेलले सवारीसाधनको वृद्धिसँगै दुर्घटनामा पनि वृद्धि हँुदै गएको र यसले थप चुनौती सिर्जना गरेको भन्दै चुनौतीलाई अवसरको रुपमा लिएर अघि बढ्ने बताए । उनले राज्यले यातायात क्षेत्रको सिण्डिकेट प्रथा अन्त्य गर्दा त्यसबाट भलाई कोषलाई जोगाएर यहाँसम्म ल्याएको भन्दै यसका लागि सिंगो टिमलाई धन्यवाद दिए । उनले संस्थाको मुख्य आम्दानीको श्रोत सवारीसाधनको शुल्क भएको भन्दै सवारी वृद्धि अभियान, सवारी धनीसँग घरमा, पसलमा, उद्यमी व्यवसायीसँग कलकारखाना, फ्याक्ट्री र फर्ममा भन्ने नाराका साथ अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।

कार्यक्रममा कोषका निवर्तमान अध्यक्ष नारायण भट्टराईले कोभिड १९ का बाबजुद संस्थाले हासिल गरेको सफलताले आगामी दिन झनै सहज हुने विश्वास व्यक्त गरे । कोषका पुर्व अध्यक्ष चिनबहादुर गुरुङले यातायात व्यवसायी र मजदूरको मात्र नभएर यात्रुहरुको सुरक्षामा पनि कोषले महत्वपूर्ण भूमिका खेलेको दावी गरे ।

साधारणसभाले अध्यक्ष, महासचिव, कोषाध्यक्ष र लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । त्यस अवसरमा तीनजना वृद्ध मजदूरका साथै कोष वृद्धि अभियानमा महत्वपूर्ण सहयोग पु¥याउनेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष डिलबहादुर थापा, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, एमाले जिल्ला सदस्य बाबुराम बोहोरा, नेपाली काँग्रेस बुटवल नगर उपसभापति ज्योती भण्डारी, नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष हुमाकान्त काफ्ले, ट्रेड युनियन काँग्रेसका प्रदेश उपाध्यक्ष कृष्ण बेलबासे, कोषका उपाध्यक्ष छविालाल थापा, महासचिव योगबहादुर गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए । शुक्रबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?