ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

स्थानीय वस्तुको बजारीकरणलाई प्राथमिकता दिउँः मन्त्री शर्मा

३ फाल्गुन २०७९, बुधबार
३ फाल्गुन २०७९, बुधबार

दाङ, ३ फागुन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् प्रवक्ता रेखा शर्माले स्वदेशी उत्पादन बढ्दै गएपनि यसको पूर्ण बजारीकरण अझै हुन नसकेको बताएकी छन् । घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा बुधबारबाट दाङको घोराहीमा सुरु भएको लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनीको उदघाटन गदै उनले यस्तो धारणा राखेकी हुन् । उनले स्थानीय कृषि उत्पादन बढ्दै गएपनि बजारीकरणको व्यवस्थापन हुन नसक्दा साना उद्यमीहरु मारमा पर्ने गरेको बताइन् ।

नेपालको हावापानी, माटो, भूगोल फरक फरक भएको हुँदा स्थानीय परिवेश अनुसारको विशेषतायुक्त बस्तुको उत्पादनलाई अब ब्रान्डिङ गर्ने काममा लाग्नुपर्ने उनले बताइन् । “हामीसँग हिमाल छ, पहाड छ, तराई छ, त्यहाँको भूगोल अनुसार हरेक कुराको उत्पादनमा विशेषता छ”, उनले भनिन्, ‘यसको महत्वलाई बिक्री गर्ने काममा हामी चुकिरहेका छौँ, यस प्रकारका प्रदर्शनीले स्थानीय स्तरमा उत्पादित वस्तुका लागि अवसरका रुपमा ल्याउन सक्नुपर्छ ।”

“घरेलु तथा साना उद्यमीहरुले पछिल्लो समय उद्यमशीलताको विकास गर्दै अनुकरणीय काम गर्दै आएका छन्, यो समृद्धिको आधार हो”, उनले भनिन्, “अब यसलाई व्यवस्थित रुपमा अघि बढाउन जरुरी छ । साना उद्यमीहरु प्रोत्साहन गर्ने गरी यस प्रकारका प्रदर्शनी उपयोगी हुनेछ भन्ने विश्वास छ ।”

उनले दाङ कृषि क्षेत्रका लागि उर्वरभूमि भएपनि पुराना रैथाने बस्तु र कृषि उत्पादन लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गरिन् । हिजोका दिनमा प्रयोगमा रहेका सामग्री तथा कृषि उत्पादनको साटो आधुनिक कृषि प्रणालीले बिस्थापित गर्दै लगेको हुँदा दाङको विशेषता बोकेका कुरालाई प्रदर्शनीले उजागर गर्न सक्नुपर्नेमा जोड दिइन् ।

“दाङको भूमी उर्बर छ यहाँ तोरी, तिलकी चामल, अनदी धान तथा अरु स्थानीय खाद्यान्नका लागि कहलिएको जिल्ला भएको हुँदा पछिल्लो समय यी कुराको उत्पादनमा ह्रास भईरहेको छ”, उनले भनिन् “पहिचान दिने वस्तुको महत्व बुझौँ र यस प्रकारका प्रदर्शनीका माध्यमबाट उजागर गर्ने तर्फ ध्यान देऔँ ।”

स्वदेशमा उत्पादन वढ्दै गएमा देशको समृद्धि तथा रोजगारी सृजना गर्न समेत सहयोग पुग्ने हुँदा दाङ कृषिको लागि धेरै संभावना बोकेको जिल्लाको सही सदुपयोग गरेर अगाडि वढनु पर्ने उनले बताइन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य राजु खनालले कृषि उत्पादनलाई प्राथमिकता दिएर प्रदर्शनीले बजारीकणमा सहयोग गर्ने विश्वास व्यक्त गरे । आर्थिक समृद्धिका लागि स्थानीय उत्पादन आवश्यक रहेको हुँदा ती उत्पादनलाई अब बजारसँग जोड्ने अभियानका कार्यक्रमलाई प्रदेश सरकारले महत्वका साथ उठाउने बताए । स्थानीय कच्चा पदार्थको सदुपयोग गरेर उत्पादनलाई प्राथमिकता दिन सकेमा उत्पादित वस्तुको आफ्नै महत्व हुने उनको भनाई थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रलले कृषि प्रदर्शनीले स्थानीय उत्पादनहरुलाई चिनाउन र बजारीकरणमा भूमिका खेल्ने बताए । साना तथा घरेलु उत्पादनका साथै कृषि क्षेत्रमा भएका नमूना योग्य कामलाई चिनाउन प्रदर्शनीले सफलता पाउने उनको विश्वास थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष नेत्र पाठकले दाङ शाखाले आयोजना गरेको प्रदर्शनीले स्थानीय उत्पादनलाई अरु ठाउँमा पनि परिचित गराउने बताए । स्थानीय उत्पादनले पाउने भएकाले आर्थिक पक्ष बलियो हुने उनले बताए ।

उदघाटन समारोहमा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले प्रदर्शनीलाई नाममा जस्तै काममा पनि स्थानीयकरण गरेर यसको महत्वलाई सबै ठाउँमा पुर्याउन तर्फ ध्यान दिन आग्रह गरे ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष एवम् आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँको अध्यक्षतामा भएको प्रदर्शनीमा सय बढी कृषि तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरुको स्टल रहेका छन् । प्रदर्शनीमा लुम्बिनी प्रदेशका १२ जिल्लाको लघु तथा घरेलु उद्योगबाट उत्पादित सामग्री, कृषि सामग्री, हस्तकला सामग्रीहरुको लागि निःशुल्क रुपमा स्टलहरु उपलब्ध गराईएको आयोजकले जनाएको छ । सम्बन्धित जिल्लाको नेपाल घरेलु तथा साना उद्योग महासंघको सिफारिसमा निशुल्क रुपमा स्टलहरु उपलब्ध गराईएको हो ।

आगामी फागुन १३ गतेसम्म हुने प्रदर्शनीमा स्थानीय एवम् राष्ट्रिय स्तरमा लघु तथा घरेलु उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको पहिचान गराई कृषि तथा उद्योगहरुमा प्रयोग हुने आधुनिक प्रविधीहरुको जानकारीसहित आन्तरिक एवम् बाह्य प्रवद्र्धनमा टेवा पुर्याउनेलगायत उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?