© 2026
वीरगन्ज ।
दीपावलीका अवसरमा पटका पड्काउने क्रममा जलेर पर्सामा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्लाको पकहाँमैनपुर गाउँपालिका–२, मधुबनीमा सोमबार बिहान पटका पड्काउने क्रममा आगो लागेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालका अनुसार स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटका पड्काउने क्रममा छातीमा आगो लागेको थियो ।
आगोले जलेर गम्भीर घाइते भएका बालक बेहोस भएपछि उपचारका लागि वीरगन्जस्थित तराई अस्पतालमा भर्ना गरिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ ।