Butwal Today

घरबाट खेल्न निस्किएका दुई बालक पानीमा डुबेको अवस्थामा मृत भेटिए

२१ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

सल्यान ।

सल्यानमा घरबाट खेल्न निस्किएका दुई जना बालकको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुने दुवै जना बालक आठ आठ वर्षका छन् । जिल्लाको कालिमाटी गाउँपालिका, ७ घुइयाबारीमा शुक्रवार साँझ दुई बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय वीरेन्द्रकुमार बिसीका छोरा योगेश बुढा र शशी बुढाका छोरा अङ्कित बुढा रहेका छन् ।

प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार साँझ करिब ५ः३० बजे घरबाट खेल्न निस्किएका उनीहरू अबेरसम्म घर नफर्किएपछि आफन्त, स्थानीय र प्रहरी मिलेर खोजी गरेका थिए । खोजी गर्ने क्रममा साँझ करिब ७ बजे घुइयाबारी स्थित बबई नदीको छेउमा रहेको सानो नालामा पानीमा डुबेको अवस्थामा दुवै बालक फेला परेका थिए ।

उद्धार गरी स्थानीय मेडिकलमा पुर्‍याइएका उनीहरूलाई मेडिकल सञ्चालकले साँझ ७ः४० बजे मृत घोषणा गरेका थिए। दुवै बालकको शव सोही मेडिकलमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक मुचुल्काका लागि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक सोम घर्ती मगरको कमान्डमा पाँच जना र प्रहरी चौकी घुइयाबारीबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापाको कमान्डमा प्रहरी टोली खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?