Butwal Today

दाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

२१ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

दाङ । दाङको घोराहीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शुक्रबार बेलुका ५स्३० बजेको समयमा घोराही उपमहानगरपालिका – १२ साजखर्कस्थित घोराहीबाट सासर खोलातर्फ जाँदै गरेको भे १ ज ६०४ नम्बरको जिप आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा जिपमा सवार घोराही उपमहानगरपालिका–१२ निवासी ४० वर्षीय शेरमान घर्तीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका घर्तीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि लगिएको थियो । अस्पतालले राति ९ः५० बजे मृत घोषणा गरेको हो ।

दुर्घटनामा जिप चालक घोराही–१२ निवासी ३७ वर्षीय थमन घर्ती मगर घाइते भएका थिए । उनी प्रहरीको निगरानीमा उपचारपछि राति ९ः१० बजे डिस्चार्ज भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय दाङको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा घोराही–१२ निवासी १३ वर्षीय उमेश बुढा मगर, ६ वर्षीय विकास बुढा, २८ वर्षीय धनबहादुर घर्ती, २५ वर्षीय मानबहादुर बुढा र तुलसीपुर उपमहानगरपालिका–१३ निवासी ९ वर्षीय अनमोल पुन घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?