© २०२३
काठमाडौं, २ फागुन ।
बुटवलका तत्कालीन डिभिजन प्रमुख इच्छा कुमार श्रेष्ठविरुद्ध चार लाख रुपियाँभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा नवलपरासी जिल्लास्थित पेटवनिया सिँचाइ योजनाका लागि आर्थिक वर्ष २०७४/७५ मा डिप ट्युबवेलको कार्यका लागि बजेट निकासा भएकोमा आरोपितमाथि सो को गलत प्रतिवेदन बनाएको आरोप लागेको हो।
प्रमुख श्रेष्ठसहित इन्जिनियर सन्तोषकुमार दासले फिल्ड कार्यको यकिन गरी वास्तविक नापजाँच गर्नुपर्नेमा सो नगरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ। यसैगरी, ठेक्का निर्माण सम्पन्र गर्ने जिम्मेवारी पाएको थापा कन्स्ट्रकसनका प्रोप्राइटर अर्जुनकुमार क्षेत्रीसहित तीन जना आरोपितमाथि एक लाख २० हजार रुपियाँ भ्रष्टाचार आरोप लागेको छ।
यसैगरी, आयोगको अर्को विज्ञप्तिमा पनि नवलपरासीको सरावल गाउँपालिकास्थित भूमिगत जलश्रोत तथा सिँचाई विकास डिभिजन, बुटवल पेटवनिया सिँचाई योजनाका लागि आर्थिक वर्ष २०७४/७५ मा पुरा नभएको डिट्युव्लको ठेक्काको कामको भुक्तानी भएको भनी ढाकछोप गरेको आरोप श्रेष्ठमाथि लागेको छ।
अनुसन्धानका क्रममा श्रेष्ठ र सोही इन्जिनियर दासले निर्माण नै नभएका आउटलेट संरचनाको मूल्याङ्कन गरेर तीन लाख पाँच हजार ८१० रुपियाँ निर्माण व्यवसायीलाई बढी भुक्तानी गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ।
यस प्रकरणमा साबिक महेश निर्माण सेवा बर्दघाट–४ नवलपरासीका प्रोप्राइटर तथा हाल महेश इन्जिनियरिङ एण्ड बिल्डर्स प्रालिका सञ्चालक ध्रुवप्रसाद उपाध्याय, महेश इन्जिनियरिङ एण्ड बिल्डर्स प्रालिका प्रबन्ध निर्देशक मनोजकुमार खनाल, महेश निर्माण सेवाका आधिकारिक प्रतिनिधि प्रकाश भट्टराईले संरचना नै नभएको झुटा नापी किताब, विल भरपाई र कार्य सम्पन्न प्रतिवेदन बनाएर गैरकानुनी लाभ लिएको आरोप लागेको छ।
आरोपितमाथि मंगलबार विशेष अदालत, काठमाडौंमा कैद सजाय गरी निजबाट ऐन बमोजिम जफत हुन समेत मागदाबी लिएर आरोपपत्र दायर भएको आयोगले जनाएको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी