ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

सहिदको बलिदानीका कारण लोकतान्त्रिक गणतन्त्र सम्भवः मुख्यमन्त्री गिरी

२ फाल्गुन २०७९, मंगलवार
२ फाल्गुन २०७९, मंगलवार

दाङ, २ फागुन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शहीदको बलिदानीबाट अहिलेको व्यवस्था स्थापित सम्भव भएको बताएका छन् । मगर संघका दाङ जिल्लाले आयोजना गरेको नेपालका प्रथम शहीद लखन थापाको १४६ औं स्मृति दिवस तथा पूर्णकदको शालिक अनावरण कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले यस्तो धारणा राखेका हुन् । उनले शहीदले देश र जनताको उत्थानका लागि निश्वार्थ ज्यानको बलिदानी दिएका कारण अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको बताए ।

तत्कालीन समयमा पनि मुलुकको राजनीतिक, सामाजिक परिवर्तनका लागि अन्याय अत्याचारका विरुद्ध स्वार्थभन्दा माथि उठेर बलिदानी दिएका लखन थापाले गरेको साहस नै अहिलेको व्यवस्था परिवर्तनको प्रेरणाको श्रोत भएको उनले जिकिर गरे ।

मुख्यमन्त्री गिरीले लखन थापाले नेपाल र नेपाली जनताको न्याय र स्वतन्त्रताको लागि युगौ युगसम्म सम्झन लायक काम गरेको हुँदा राज्यले सम्मान गरेको बताए । उनले लखन थापाको बलिदानीको प्रेरणाबाट पाठ सिक्दै जहानिया राणाशासन, पञ्चायती व्यवस्था, राजतन्त्र जस्ता व्यवस्था फाल्दै जनताको शासन चल्ने संघीय लोकतान्त्रिक गणतन्त्रसहितको व्यवस्था स्थापना गर्न सकिएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु खनालले शहीदहरुको सपना पूरा गर्न सबैको ध्यान जान आवश्यक रहेको बताए । मुलुकको विकासका लागि जीउज्यानको बाजी लगाउने शहीदहरुकै कारण अहिलेको व्यवस्था स्थापना भएको बताउँदै उनले शहीदलाई राज्यले साझा सम्पत्तिका रुपमा ग्रहण गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले देशको रक्षा गर्न अत्याचारका विरुद्ध लड्नुर्छ, सहनु हुँदैन भन्ने सन्देश दिने लखन थापाबाट अहिलेको समाजले शिक्षा लिन आवश्यक रहेको बताए । उनले देखाएको बाटो र योगदानले मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र पाएको हुँदा देश र जनताको समृद्धिका लागि तीनवटै सरकारले जिम्मेवारीपूर्वक काम गरिरहेको बताए । लखनपार्कले शहिदको सम्मान मात्रै होईन, घोराही बजारको सौन्दर्यता कायम गर्न मद्दत गरेको उनले बताए । स्थानीय तहले आफ्नो क्षमताको आधारमा सहयोग गर्ने गरेको जानकारी उनले गराए ।

२०७४ मा पहिलो पटक निर्वाचित भएर आएपछि तत्कालीन त्रिभुवन पार्कलाई लखन पार्क बनाउने संस्थागत निर्णय गरी यसको विकासका लागि माथिल्लो तहमा पहल गरेको पनि उनले बताए ।

सोही अवसरमा पार्क निर्माण समिति संयोजक खलु पुन मगरले लखन पार्कमा पूर्ण कदको शालिक निर्माण तथा सजावटका लागि लुम्बिनी प्रदेश सरकारको पर्यटन कार्यालयबाट १५ लाख, घोराही उपमहानगरबाट २ लाख, क्यारी निर्माणका लागि वडा नम्बर १४ बाट १ लाख ५० हजार तथा दर्जनौं सहयोगी र दाताहरुबाट संकलन भएको रकमले काम गरिएको जानकारी गराए ।

लामो समयसम्म राज्यका तर्फबाट सम्बोधन हुन नसकेका बेला २०५६ फागुन ११ गते नेपाल सरकारबाट शहीद घोषणा गरिएकोमा पछि २०७२ असोज ३ गते नेपाल सरकारबाट नेपालको प्रथम शहीद घोषणा गरिएको थियो । २०७३ बाट नेपाल सरकारले हुलाक टिकट प्रकाशन भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?