Butwal Today

प्रेस काउन्सिलसम्बन्धी विधेयकबारे छलफल

१३ कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

काठमाडौँ ।

प्रेस काउन्सिलसम्बन्धी ऐन संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल भएको छ । विधेयकको प्रस्तावनामा पत्रकारिताको पेसागत र व्यावसायिक आचरण कायम राख्दै प्रेस क्षेत्रलाई विश्वसनीय र मर्यादित बनाउने उल्लेख छ ।

विधेयकमा स्वःनियमनलाई प्रवर्द्धन गर्दै स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास र संरक्षणका लागि प्रेस काउन्सिललाई स्वायत्त नियामक निकायका रूपमा स्थापना र सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज भएको त्यससम्बन्धी छलफलमा गृहमन्त्री सुधन गुरुङ, कानून न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको सहभागिता थियो । छलफलमा सरकारका उच्चपदस्थ कर्मचारी तथा नेपाल प्रहरीअन्तर्गतको साइबर ब्यूरोका प्रतिनिधिहरूको पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?