Butwal Today

रुपन्देहीका पत्रकार पोखरेलको दुर्घटनामा  परि मृत्यु

१३ कार्तिक २०८३, शुक्रबार
अ
अ+
अ-

परासी ।

रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको नवलपरासीको रामग्राम नगरपालिका–२ सेतो पुलस्थित हुलाकी सडकमा ट्रकको ठक्करबाट मृत्यु भएको छ ।

शुक्रबार दिउँसो करिब १२ः१० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पोखरेलको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१३ भलवाडी निवासी पत्रकार पोखरेल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी पु¥याइएकोमा चिकित्सकले दिउँसो १२ः२० बजे मृत घोषणा गरेका थिए ।

पोखरेलल रुपन्देहीबाट अग्निपरीक्षा साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए ।

दुर्घटनापछि प्रहरीले ट्रक, मोटरसाइकल र ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु रानालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?