© २०२३
काठमाडौँ ।
बालाजुमा यातायात मजदुरको प्रदर्शनमा झडप हुँदा घाइते हुने प्रहरीको संख्या १७ पुगेको छ । हुलदंगा नियन्त्रणमा खटिँदा घाइते हुनेमा प्रहरी इन्स्पेक्टर शेरबहादुर बस्नेत पनि छन् । उनीहरूको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरी अस्पतालमा कार्यरत एकजना चिकित्सकले रातोपाटीलाई बताए । ती चिकित्सकले भने–‘ ५ बजेदेखि घाइते प्रहरी कर्मचारी आउन थालेका थिए ।’
सोमबार बालाजुस्थित नयाँबसपार्क व्यवस्थापनको जिम्मा पाएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरसहितको समूहले मजदुरहरूलाई आक्रमण गरेपछि झडपको अवस्था आएको बताइएको छ ।
मजदुरहरूमाथि भएको आक्रमणविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले प्रदर्शन गरेका थिए । ती संगठनले आफ्ना १० बुँदे माग पुरा नभएसँम्म उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने निर्णय गरेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी