Butwal Today

सल्यानमा जङ्गली बँदेलको आक्रमणबाट १७ वर्षीया बालिका घाइते

१२ कार्तिक २०८३, बिहीबार
अ
अ+
अ-

सल्यान।

सल्यानको दार्मा गाउँपालिकामा जङ्गली बँदेलको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । दार्मा गाउँपालिका, २ ओझाबाङ निवासी १७ वर्षीया बिन्दु रोकायलाई बिहिबार बिहान घर नजिकैको जङ्गलमा दाउरा काट्न गएको समयमा जङ्गली बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक इश्वर रोकायले जानकारी दिएका छन् ।

बँदेलको आक्रमणबाट रोकायको छाती र दाहिने खुट्टाको साप्रामा चोट लागेको छ । घाइते उनको रुकुम पश्चिमस्थित मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको सल्यान प्रहरीले जनाएको छ ।

अस्पतालमा खटिएको प्रहरी कर्मचारीले दिउँसो साढे १२ बजे घटनाबारे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दार्मा, सल्यानबाट प्रहरी सहायक निरीक्षक कर्णबहादुर चन्दको कमान्डमा दुई जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?