© २०२३
काठमाडौं।
सामसङले चासोका साथ प्रतिक्षा गरिएको आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन ‘सामसङ ग्यालेक्सी एस २३’ लन्च गरेको छ। काठमाडौंको हायात होटलमा बिहीबार आयोजित एक कार्यक्रममा यो फोन सार्वजनिक गरिएको हो ।
ग्यालेक्सी एस-२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३+ र ग्यालेक्सी एस अल्ट मोबाइलहरुको अन्भेल सामसङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रथम स्थापित, नायक अनमोल केसी र मिस नेपाल २०२२ प्रियंका रानी जोशीद्वारा संयुक्त रुपमा सार्वजनिक गरिएको छ ।
सो समारोहमा सामसङका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस-२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस-२३ अल्टामा नयाँ २०० मिलियन पिक्सल स्यामराका साथ हाम्रो सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित छ, जसले तपाईको संसारलाई शार्पर फोकसमा ल्याइदिन्छ ।’
उनले अगाडि थपे, ‘यसमा भएको अत्यन्त शक्तिशाली स्न्यापड्रागन ८ जेन २ ले दिने गेमिङ एक्सपेरियन्सलाई कसैले मात दिन सक्दैन । हामी नेपालमा ग्यालेक्सी एस२३ प्रस्तुत गर्न पाउँदा अत्यन्त उत्साहित भएका छौं, जुन एक अल्टिमेट प्रिमियम स्मार्टफोन हो, जसले ग्रहकहरुलाई आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउन मद्दत गर्नेछ ।’
ग्यालेक्सी एस २३ स्मार्टफोनहरु यसभन्दा अघि कहिल्यै नगरिएको प्रिमियम एक्स्पेरियस्का लागि डिजाइन गरिएका छन्। ग्यालेक्सी एस२३ सिरिजमा असाधारण क्षमताका क्यामराहरु जडान गरिएको कम्पनीले जनाएको छ । यसले ग्राहकहरुलाई कुनै पनि लाइटिङमा फोटो र भिडियोहरु खिच्नका लागि अगाडि र पछाडिको दुवै क्यामरा प्रयोग गर्न मिल्छ ।