© २०२३
बुटवल, १ फागुन ।
मानव बेचबिखनको अभियोगमा बुटवलका एक होटल सञ्चालकसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा हेटल हेभन सञ्चालन गरिरहेका तुलसीराम पराजुली र पुजा बिक रहेका छन् । दुई वर्षदेखि फरार रहेका पराजुली बुटवलमा नयाँ डिएसपी आउनासाथ पक्राउ परेका हुन् ।
२०७६ सालमा बुटवलको राजमार्ग चौराहामा वेल्कम रेष्टुरेन्ट सञ्चालन गरेका पराजुलीले कामदारको रुपमा पुजा बिकलाई राखेका थिए । त्यसपछि अन्य युवतीलाई पनि होटलमा कामदारको रुपमा ल्याएर बिना पैसा काममा लगाउने, कम सेवा सुविधा दिने र अन्य शंकास्पद गतिविधि देखाउन थालेपछि युवतीहरुले पूजा बिरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी हाले ।
त्यसपछि पुजाले उक्त होटल आफूले सञ्चालन गरेको नभै तुलसीराम पराजुलीको भएको प्रहरीसामु बताएपछि प्रहरीले पराजुलीको खोजीकार्य अगाडि बढाएको थियो । तर त्यसपछि पराजुली फरार रहे भने पूजालाई पनि प्रहरीले त्यत्तिकै छाड्यो । प्रहरीले त्यसयता उनीहरुविरुद्धको उजुरीको फाइल त्यत्तिकै थन्काएको थियो ।
बुटवलमा हालैमात्र सरुवा भइ आएका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले पराजुलीविरुद्ध परेको मानव बेचबिखनविरद्धको उजुरीको फाइल अनुसनधानका लागि अगाडि बढाएपछि पराजुली पक्राउ परेका हुन् ।
प्रहरी नायब उपरीक्षक थापाले अहिले पराजुली र पूजा दुवैजना प्रहरी नियन्त्रणमा रहेको जानकारी दिए । “सरकारी वकिलको कार्यालयमा फाइल पेश गरिसकिएको छ, अव मुद्दा प्रक्रिया अगाडि बढ्छ”–उनले न्यूज बुटवल टुडेसँग भने । पराजुलीले लगानी गरेको वेल्कम रेष्टुरेन्ट भने हाल बन्द अवस्थामा रहेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी