Butwal Today

आउन छाडे मालचरा 

९ कार्तिक २०८३, सोमबार
अ
अ+
अ-
पाल्पा ।
वगनासकाली गाउपालिका खानीछापका खिन्त बिर रानाले  ७८ वर्ष पुरा गरे । तिनचार पुस्ता देखि नै कृषि व्यवसायमा निर्भर भएकाले बाल्यकाल देखि नै मौसमी प्रणालीलाई ख्याल राखेर खेति लगाउने मात्र नभई बारीको खन जोत गर्दा पनि उनले मौसमी प्रणालीलाई ख्याल राख्ने गरेको बताउछन् । पहिले अहिले जस्तो सुचना र प्रविधिको विकास थिएन । त्यती बेलामौसमी सुचना प्रणालीको भर पर्दो माध्यम अाकासमा उड्ने मालचरा थिए । माल चरा जब आकासमा उडेको देखियो  तव मौसम वदलियो भन्ने मासमी सुचक भएको उनी बताउछन् ।
  राना मात्र होइन यहाका सबै किसानहरुको मौसमी सुचनाको संवाहकमाल चरा थिए । मालचरा उडेको देखे पछि वालीपात्रो अनुसार बारीको खन जोत गरी वाली लगाउने गरेको पुराना पुस्ताका किसानहरु बताउछन् ।
अहिले जस्तो सुचना र प्रविधिको विकास थिएन । बैसाख लागेपछि माल चरा कराउदै फर्किए पछि अबपानी पर्दछ भन्ने समयको अडकल काट्ने हो । असोजमा जब हिमाल बाट मालचरा कराउदै आए पछि अब वर्षा सकियो हिउदे वाली लगाउने समय भयो भनेर बारी जोत खन गर्ने तोरी छर्ने समयको सुचक थियो । हुलबाधेर सिक्री तथा मालाआकारमा कराङ कुरुङको आवाज निकाल्दै माथिमाथि आकासमा उडेको देखिन्थ्यो ।
 समय सँगै प्रविधिको विकास भयो मौसमी सुचनाका लागि माल चरा संग निर्भर हुननपरे पनिपहिला जस्तो त माल चरा नदेखिएको रिब्दीकोट गाउपालिकाको देउरालीका पुराना पुस्ताका किसान खिमानन्द पोखरेल बताउछन् ।
  सानो उमेरमा मालचरा उडेको देखेका माथागढी गाउपालिका कसेनीका कृष्ण बहादुर राना भन्दछन् सानो उमेरमा मालचरा उडेको देख्दा रमाइलो लाग्दथियो । एउटा वथानमा कम्तीमा १सयभन्दा बढि हुन्थ्ये । यो त दिनमापाच , सातवथान उडेको देखिन्थ्यो । अन्यपक्षीको तुलनामायसको फरक विशेषता थियो ।
 
अरु पक्षी रातीमा बास बस्दा यो भने आफनो गन्तब्यमा पुग्नका लागिआवाज निकाल्दै उड्द थियो । दिउसोको समयमा कुनै कुनै उड्न नसकेका कारण फाटमा झर्द थिए । त्यो समयमा प्रत्येक घरमाभरुवाबन्दुकहुन्थ्यो । बन्दुक हानेर मालचराको सिकार पनि गर्द थिए । धेरै वर्ष भयो माल चरा नदेखिएको कहा कसरी हरायो खेति लगाउनका लागि समयको सुचक थियो यो उनलभने ।
कालो रगंको यो पक्षीउच्चहिमाली क्षेत्रमाबसोबास गर्दथ्यो ।
जब हिमालमा हिउ पर्न सुरु हुन्छ तब जाडो छल्न र खानाको खोजीमा यहाको आकाश हुँदै तराइतर्फ लाग्ने चरा कुनै समय मौसमको सुचकथियो । पछिल्लो समयमा आश्चर्य जनक तवरले यो चरा हरायो । यसको बारेमाखोजीहुनु पर्ने पुरानो पुस्ताको भनाई छ । पुर्वखोलागाउपालिकाको सिलुवाका ७० वर्षिय मानबहादुर वयम्वु पनिमाल चराउडेपछि बारी जोत्ने गरेको बताउछन् । धेरै वर्ष भयो माल चरा नदेखिएको यसको पनि केहीकारण होला नदेखिनु मा ।
 पहिले पहिले जब असोज कार्तीक लाग्दछ तब रात भरी नै यो चरा कराएको सुनिन्थ्यो तर यो चरा रातप÷यो भनेर बास नबस्दो रहेछ । अरु चरा आफु अनुकुलको बास खोजेर बास बस्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?