गुल्मी। कोजाग्रत पूर्णिमाको अवसरमा गुल्मीका दुई गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।जिल्लाको मालिका गाउँपालिका र धुर्कोट गाउँपालिकाले सोमबार छुट्टाछुट्टै सूचना जारी गर्दै कोजाग्रत पूर्णिमाका दिन सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
दुवै गाउँपालिका कार्यपालिकाको बैठकले आज कात्तिक ९ गते कोजाग्रतपूर्णिमाकादिनगाउँपालिकाकार्यालय, वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था, बैङ्क तथा वित्तीय संस्थामा सार्वजनिकबिदादिने निर्णय गरेको जनाएका छन् ।
मालिक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक खनाल र धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीयअधिकृत रुद्रबहादुर पछाईद्वारा जारी सूचनामाको जाग्रत पूर्णिमाको अवशरमा पालिकाद्वारा एक दिनको लागि सार्वजनिकविदादिने निर्णय गरिएको जनाईएको छ ।
कोजाग्रत पूर्णिमाको अवसरमाआजमालिकागाउँपालिकाको अर्जै र धुर्कोट गाउँपालिकाको धुर्कोट कोटमाभव्य रूपमा सराय नाचको आयोजना गरिएको छ । यसैबीचको जाग्रत पूर्णिमाका अवसरमाआज जिल्लाको मुसिकोट, रेसुङ्गा लगायतकाविभिन्न स्थानमा परम्परागत सरायँनाचआयोजनागरिएको छ ।
विशेष गरी धार्मिक आस्था र ऐतिहासिक परम्परासँग जोडिएको सराय नाचले सामाजिक सद्भाव र सामूहिक एकतालाई बलियो बनाउन सहयोग पुराउँदै आएको छ ।