Butwal Today

अर्घा रजस्थल मावि भूतपूर्व विद्यार्थी समाजको अध्यक्षमा रायमाझी र सचिवमा भुसाल निर्वाचित

८ कार्तिक २०८३, आइतबार
अ
अ+
अ-

अर्घाखाँची । सन्धिखर्क नगरपालिका ९ अर्घामा रहेको अर्घा रजस्थल माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाजको अध्यक्षमा लक्ष्मण रायमाझी निर्वाचित हुनुभएको छ। समाजको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

अर्घा रजस्थल माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रम डिल्लीराज भुसालको अध्यक्षता र शताब्दी पुरुष भविलाल नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

अधिवेशनबाट समाजको उपाध्यक्षमा डा। केशव भुसाल, सचिवमा कृष्णप्रसाद भुसाल, सहसचिवमा अशोक केसी र कोषाध्यक्षमा सतीश भुसाल निर्वाचित हुनुभएको छ।

त्यसैगरी, सदस्यहरूमा रमेश कुमार थापा, रोशना आचार्य, सागर थापा र कृष्ण थापा चयन हुनुभएको छ।
विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूलाई एकताबद्ध गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा योगदान पुर्‍याउने र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले समाजले काम गर्दै आएको छ।
नवनिर्वाचित अध्यक्ष रायमाझीसहित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

साथै, निवर्तमान कार्यसमितिले संस्थाको विकास र विस्तारमा पुर्‍याएको योगदानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि उनीहरूको सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरिएको छ।

नयाँ कार्यसमितिले भूतपूर्व विद्यार्थीहरूबीच सहकार्य र एकतालाई बलियो बनाउँदै विद्यालयको उन्नति तथा समाजको संस्थागत विकासमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?