© 2026
काठमाडौं ।
फिफा यू–१५ विश्वकप तथा फेस्टिभल खेल्न नेपाली टोली अजरबैजान प्रस्थान गरेको छ । बिहिबारदेखि सुरु हुने यू–१५ विश्वकप तथा फेस्टिभल खेल्ने नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो ।
फेस्टिभलमा नेपालले समूह चरणमा ब्राजिल, डिआर कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल शनिबार ट्युनिसियासँग खेल्ने तालिका छ । आइतबार गिनी–बिसाउ र एल साल्भाडोरसँग प्रतिस्पर्धा गर्नेछ । सोमबार ब्राजिल र डिआर कंगोसँग खेल्ने तालिका छ ।उक्त फेस्टिभलमा १९२ देशले सहभागिता जनाएका छन् ।
टोलीमा गोलकिपर रोमान ब्लोन र रोजेश ओझा, डिफेन्डर मदन तामाङ, प्रनिश राई, सुरज बराइली र सुजित लोप्चन तामाङ, मिडफिल्डर अर्जुन मगर र सन्दिप श्रेष्ठ, फरवार्ड सुनिल दमाइ, आर्यन नेगी तामाङ, मनिष परियार, समर्पण बिक, लेखिस हाङ गुरुङ र उत्कृष्ट चौहान, मुख्य प्रशिक्षक भीम लामा, सहायक प्रशिक्षक हेम गुरुङ, गोलकिपर प्रशिक्षक मुकुन्द थापा रहेका छन् ।