Butwal Today

उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

४ कार्तिक २०८३, बुधबार
अ
अ+
अ-

काठमाडौँ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।

उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेको उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए ।

गुरु पुरोहितबाट टीका ग्रहण गरेपछि उपराष्ट्रपतिले परिवारका सदस्यहरुलाई पनि टीका प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?