© २०२३
बुटवल() माघ ।
पहिलो पाइला नेपाल बुटवल शाखाले बुद्धभुमि नगरपालिका वाडनं. ३ को कार्यालयको सहकार्यमा सरस्वती आधारभूत विद्यालयमा शैक्षिक सामग्री प्रदान गरिएको छ । बिपन्न तथा जेहेन्दार बालबालिकालाई शिक्षा अभियान अन्तर्गत “भाग्य बोक्ने झोला ’ वितरण गरिएको पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्ष पारस मरासिनीले जानकारी दिए ।
कार्यक्रममा बुद्धभुमि नगरपालिका ३ का वडा अध्यक्ष गोविन्द आचार्य , जनप्रतिनीधी मीना थारु, कमला बि.क., राजकुमार थारु , वडा सचिव शिवरतन थारु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज गैर, विद्यालयका प्रधानाध्यापक राम बहादुर के.सी, व्यवस्थापन समिति गोकर्ण पोख्रेल, कार्यक्रम संयोजक सन्तोष बन्जाडे, सचिव गोमा भट्टराई लगायतको सहभागीता थियो । विद्यालयमा अध्यनरत ४९ जन बिद्यार्थी लाई झोला बितरण गरिएको संस्थाका उपाध्यक्ष लक्ष्मी के. सि ले जानकारी दिईन ।