Butwal Today

लागुऔषधसहित ९ जना पक्राउ

३ कार्तिक २०८३, मंगलवार
अ
अ+
अ-

काठमाडौँ ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारबाट तीन, झापाको बिर्तामोड नगरपालिका–२ त्रिशुली चोकबाट तीन, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीबाट दुई र कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट एक जना पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?