ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

पत्रकार महासंघ सदस्यताको लागि संघर्ष समिति

२८ माघ २०७९, शनिबार
२८ माघ २०७९, शनिबार

चन्द्रौटा(कपिलवस्तु), २८ माघ ।

नेपाल पत्रकार महासंघको सदस्यताका लागि कपिलवस्तुमा संघर्ष समिति गठन गरिएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गेमा शनिबार बसेको भेलाले क्रियशिल पत्रकार सुशील गैरेको संयोजकत्वमा ९ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।

जिल्लाका विभिन्न मिडियाहरुमा कार्यरत क्रियाशील पत्रकारहरुले महासंघको सदस्यता नपाएपछि संघर्ष समितिमार्फत सदस्यताका लागि माग गर्ने भन्दै समिति गठन गरिएको जनाइएको छ । जिल्लामा महासंघको सदस्यता नपाएका ३५ बढी श्रमजीवी पत्रकार रहेका छन् ।

लामो समयदेखि क्रियाशील भइ रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइन मिडियाहरुमा आबद्ध हुँदा पनि महासंघले क्रियाशील पत्रकारलाई पहिचान गर्न नसकेको संघर्ष समितिले ठहर गरेको छ । क्रियाशील श्रमजीवी पत्रकारलाई पहिचान गरी महासंघले सदस्यता दिनुपर्ने समितिले माग गरेको संयोजक गैरेले बताए ।

श्रमजीवी पत्रकारलाई महासंघले पहिचान गर्न नसक्दा जिल्लामा हुने गरेको अवैध क्रियाकलापलाई नियन्त्रण गर्न नसकेको संयोजक गैरेको भनाइ छ । राजनैतिक हाबीले महासंघको सदस्यता प्राप्त गरेका गैरपत्रकारहरुले लुटतन्त्र मचाएको आरोप लगाउँदै निष्पक्ष रुपमा सदस्यता दिन नसकेको उनले जनाए । सक्रिय मिडियाकर्मीहरुलाई महासंघले सदस्यता नदिए आन्दोलनका कार्यक्रम सशक्त रुपमा अगाडी बढाउने समितिले जनाएको छ ।

यस्तै महासंघको सदस्यता वितरण गर्दा पेशागत पत्रकार भन्दा गैरपत्रकारले सदस्यता पाएको भन्दै विभिन्न संगठनले प्रेस विज्ञप्तिमार्फत विरोधसमेत जनाएका थिए । जसमा प्रेस चौतारी कपिलवस्तु, प्रगतिशील पत्रकार संघ र समाजवादी प्रेस संगठनका पदाधिकारीको हस्ताक्षरित संयुक्त रुपमा गत पौष ५ गते एक विज्ञप्ति जारी गरिएको थियो ।

उक्त विज्ञप्ति अनुसार पत्रकार महासंघ जिल्लामा केन्द्रको हवाला दिँदै सदस्यता रुपान्तरण गरिएको केन्द्रीय समितिको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जिल्ला शाखा कब्जा गर्ने रणनीति अनुरुप अधिकांश गैरपत्रकारलाई केन्द्रका ती सदस्यीयहरुलाई कुनै मिडियामा आबद्ध नभएका नेता पत्रकारका आसेपासे श्रीमती, ससुरा, भाइ भतिजो, पार्टीका कार्यकर्ता, सरकारी कर्मचारी लगायत भएकाले महासंघको विधान अनुसार सदस्यता मापदण्ड नपुगेकाले अभिलेख राख्न नहुने माग गर्दै तत्काल खारेजीको माग समेत गरेको थियो ।

यसरी पत्रकार महासंघमा भएको बेथितिलाई हटाउने र क्रियशिललाई महासंघमा आबद्ध गराउन संघर्ष समितिले जोडदार माग गरेको छ । श्रमजीवी पत्रकारले शुद्धीकरणको माग गर्दै स्थान पाउनुपर्ने जिल्ला र प्रदेश पत्रकार महासंघमा संघर्ष समितिले अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?