© २०२३
भैरहवा, २८ माघ ।
रोहिणी गाउँपालिका, रुपन्देहीको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस), भैरहवाको प्राविधिक सहयोगमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ५ स्थित श्री पिपरहवा माध्यमिक विद्यालयको प्रांगणमा भएको शिविरमा ७६५ जनाको स्वास्थ्य परीक्षण गरिएको युसीएमएसका प्रशासन संयोजक तेज कुमार केसीले जानकारी दिए ।
शिविरमा विशेषज्ञ चिकित्सकसहितको टीमबाट सामान्य चिकित्सा, हाडजोर्नी तथा नशा रोग, बालरोग, महिला तथा प्रसुती सम्बन्धी रोग, छाला रोग, नाक, कान, घाँटी, मुटुरोग, दाँत तथा गिजासम्बन्धि परीक्षण गरिएको युसीएमएसका प्रशासन संयोजक तेज कुमार केसीले बताए । त्यस्तै शिविरमा रगत परीक्षण, मुटुको ई.सी.जी. तथा भिडियो एक्स–रे सेवा प्रदान गरिएको केसीले जानकारी दिए । उनले भने, ‘शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीहरुलाई पहेलो कार्ड प्रदान गरिएको छ, उक्त कार्ड लिएर अस्पतालमा आउने बिरामीलाई उपचारमा २० प्रतिशत छुट र नर्मल बेडको निःशुल्क व्यवस्था गरिनेछ ।’ त्यस्तै बिरामीलाई अस्पतालसम्म जाने र घर फर्कन निःशुल्क यातायातको व्यवस्था गरिने केसीले जानकारी दिए । शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
शिविरमा स्वास्थ्य परीक्षण गर्न आएका रोहिणी–४ का उदयराज अहिरले स्वास्थ्य परीक्षण गर्न पाउँदा खुसीको अनुभुति भएको बताए । उनले भने, ‘मैले यहाँ उपचार गर्न पाए । आगामी दिनमा पनि शिविर सञ्चालन गर्नुपर्छ ।’
त्यस्तै स्वास्थ्य परीक्षण गर्न आएकी रोहिणी–५ की निर्मला यादवले शिविरमा स्वास्थ्य परीक्षण गर्न पाउँदा खुसी व्यक्त गरिन् ।
शिविरको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आगामी दिनमा पनि गाउँपालिकाले युसीएमएमसँग सहकार्य गर्दै अघि बढ्ने बताए । उनले भने, ‘युसीएमएसले रोहिणीसहित विभिन्न क्षेत्रका जनताको उपचारमा सहयोग पुर्याउँदै आएको छ, म युसीएमएसलाई धन्यवाद दिन चाहन्छु ।’ गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै आएको अध्यक्ष यादवले बताए ।
त्यस्तै रोहिणी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्रीले वृहत निःशुल्क स्वास्थ्य शिविरले नागरिक लाभान्वित भएको बताए । उनले आगामी दिनमा रोहिणी–५ मा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिने जानकारी दिए ।
रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले विभिन्न रोगबाट ग्रसित नागरिकलाई उपचारका लागि शिविरले सहज बनाएको बताए । उनले रोहिणी–६ मा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गर्न लागेको जानकारी दिए ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम नेवास प्रसाद चौधरीले शिविरमार्फत नागरिकले गाउँघरमै स्वास्थ्य सेवा पाएको बताए । उनले रोहिणी गाउँपालिका वडा नम्बर ४, ५ र ६ लाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको बताए । आगामी दिनमा पनि स्वास्थ्य शिविरलाई निरन्तरता दिइने उनले बताए ।
रोहिणी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष घनश्याम सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, स्वास्थ्य शाखा प्रमुख राम नेवास प्रसाद चौधरी, पिपरहवा माविका शिक्षक राधेश हरिजनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी