Butwal Today

जबरजस्ती करणीका फरार कैदी पक्राउ

२५ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

चन्द्रौटा ।

कपिलवस्तुका एक फरार कैदीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका वर्षीय विष्णु चौधरी थारुलाई पक्राउ गरेको हो । कपिलवस्तुका वाणगंगा नगरपालिका–१० भावपुरका २३ वर्षीय थारु रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जनाए ।

प्रहरी नायव उपरीक्षक सिंहका अनुसार चौधरी २०८२ भदौ २५ गते जेनजी आन्दोलनका क्रममा तौलिहवा कारागारबाट भागेर फरार रहेका थिए । फरार चौधरीको खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले रुपन्देहीको मायादेवी गाउँपालिका–८ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई पक्राउ गरी बाँकी कैद भुक्तानका लागि असोज २३ गते कारागार कार्यालय तौलिहवा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जारी गरेको प्रेस विज्ञप्तिअनुसार चौधरीविरुद्धको जबरजस्ती करणी मुद्दामा अदालतले २०८० असोज ७ गते वारदात भएको ठहर गर्दै २०८० चैत २९ गते फैसला गरेको थियो । उनले २ वर्ष ३ महिना १९ दिन कैद भुक्तान गरिसकेको र अझै १५ वर्ष ८ महिना ११ दिन कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?