© 2026
काठमाडौं ।
बूढीगण्डकी नदीमा आएको बाढीमा फसेका ३६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनाका चारवटा हेलिकप्टर तथा स्थलमार्गमा खटिएका फौज परिचालन गरी उद्धार गरिएको हो ।
सेनाले चुमनुब्रीको जगत इलाकाबाट ६ जना र न्याक्फेदीबाट ९ जनाको हवाई उद्धार गरेको जनाएको छ । त्यस्तै, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जनाको उद्धार गरिएको छ ।
पायुबाट पनि १२ जनाको उद्धार गरिएको निर्देशनालयले जनाएको छ ।
सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सरोकारवालासँगको समन्वयमा थप खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ ।