ट्रेंडिंग:

>> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन
सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था

समुदायको समस्या मिलेर समाधान गर्नुपर्छः श्रेष्ठ

२८ माघ २०७९, शनिबार
२८ माघ २०७९, शनिबार

बुटवल, २८ माघ ।

सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको ११ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले उदघाटन गरेका छन् । त्यस अवसरमा बोल्दै उनले समाजमा आउने सबैजसो समस्याहरु समुदाय मिलेर समाधान गर्नुपर्ने सुझाव दिए । “विकासका लागि सकारात्मक सोच जरुरी छ”– उनले भने ।

सुकुम्बासी, कोरिडोरको समस्या, आर्थिक राजधानी निर्माण गर्ने जस्ता धेरै चुनौतीहरु रहेको भन्दै यसको लागि तीन तहकै सरकार लाग्ने उनले बताए । शिक्षा, स्वास्थ्य, सरसफाई, रोजगारको क्षेत्रमा सरकारको ध्यान जरुरी रहेको उनले बताए । करीब २ लाख २५ हजार घनमिटरको पानीटंकी निर्माण र खानेपानी वितरणको नमूना काम भएको उनले बताए । देशको राजनीतिक निर्माण प्रक्रिया गलत भएको दुःखेसो गर्दै उनले निर्वाचन प्रक्रियामा परिवर्तन जरुरी रहेको बताए । खर्चिलो निर्वाचनकै कारण भष्ट्राचार बढेको उनले दाबी गरे ।

कार्यक्रममा संस्थाको परिचय बोकेको स्मारिका समेत प्रकाशन गरिएको छ । यसैगरी टोलका जेष्ठ नागरिक खेम बहादुर टोमाटो, नारायणी बिकलाई दोसल्लाबाट सम्मान गरिएको थियो । यसैगरी तिलोत्तमा माबिमा कक्षा ८ मा अध्ययरत बिनोद दमाई र उजिरसिह माबि कक्षा ४ का अध्ययरत विकास बिकलाई छात्रवृत्ति प्रदान गरिएको छ ।


कार्यक्रममा संस्थाका अध्यक्ष विरमान लामाले समुदायमा शुद्ध खानेपानी पुर्याउने अभियानमा आफुहरु सफल भएको बताए । उपभोक्ताहरुलाई साप्ताहिक सरसफाई र सचेतनामा सहभागी गराई कार्यक्रम गर्दै आएको, ओभरहेड टंकी निर्माणमा पहल गरेको उनले बताए । बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले दुई मोडलमा खानेपानी वितरण भैरहेको बताए । समिति मार्फत खानेपानी र सरसफाईमा २४ वटा संस्थामार्फत जनताको सहभागिता र अर्कोतर्फ खानेपानी संस्थामार्फत वितरण भैरहेको उनले बताए । नगरको खानेपानीलाई ब्यवस्थापन गर्न जलश्रोत सम्बन्धी ऐन पालिकाले तयार गरेको उनले बताए ।

हिलपार्कमा ५ लाख लिटरको ट्यांकी निर्माणको काम जारी रहेको उनले बताए । चिडियाखोला खानेपानी ट्रिटमेन्ट प्लान्ट परियोजनाको काम जग्गा अभावको कारण रोकिएको, झुम्सा खानेपानी आयोजना समेत धेरै काम सकिएको उनले बताए । बुटवलको धेरै समस्या समाधान हुने गरी काम अघि बढेको उनले बताए । खानेपानी जडान र वितरणमा न्यून शुल्क बनाउने प्रतिस्पर्धा अबको आवश्यकता भएको उनले बताए । पिउने पानीसंगै टोल समाजको सौन्दर्यीकरणको अभियानसंगै लैजानुपर्ने उनले बताए । नगरका सबै किसिमका समस्या समधानको विषयमा प्रदेश र संघीय सरकारसंग समन्वय गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका महासचिव विमल भट्टराई, गौतम बुद्घ हस्पिटलका एजाज आलम, वडा न. ६ वडा सदस्य चीन बहादुर श्रेष्ठ, वडा नं. ६ का निवर्तमान अध्यक्ष जगदिशचन्द्र आचार्य, निर्वाचन समितिका संयोजक बलराम न्यौपाने, सुन्दरशान्ति टोल विकास संस्थाका अध्यक्ष पूर्ण बहादुर बिक, युनाईटेड मिसन टु नेपालका चेली गुरुङ, संस्थाका सहसचिव ध्रुवराज खनालले सुन्दर नगरमा खानेपानी र सरसफाईको विकाससंगै अमूल्य पिउने पानीको महत्वलाई बुझाउने गरी कार्यक्रमहरु बनाउन सुझाव दिए । संस्थामा ५ सय ९७ घरधुरीमा धारा जडान भएको छ । यसैगरी ४ स्थानमा सार्वजनिक धारा जडान गरी सेवा दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?