बुटवल ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, एरिया ४, रिजन १४, जोन २९ अन्तर्गत लायन्स क्लब अफ बुटवल सयपत्रीको स्पोन्सर क्लब लायन्स क्लब अफ बुटवल इमर्जिङको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
शनिबार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न. ५ मणिग्राममा भएको उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी र रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोग तथा नेपाल नियमित रक्तदाता संघ र सीसीआई कम्प्युटरको सहकर्यमा आयोजित कार्यक्रममा ४० युनिट रगत संकलन भएको हो ।
रक्तदान जीवनदान भएकाले नियमित रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य सहित रक्त अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् तथा बिरामीलाई आवश्यक परेको समयमा रगत उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
पूर्व डिष्ट्रिक्ट गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग एमजेएफको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा डिष्ट्रिक्ट ब्लड डोनेसन चिफ लायन खेमबहादुर हमाल , तिलोत्तमा–५ का वडा सदस्य हरि पन्थ , रेडक्रसको नेपाल रेडक्रस सोसाईटिका केसर बहादुर गाहा, डिष्ट्रिक्ट युथ एण्ड इन्टरप्रेनरसिप चिफ तथा क्लबका गाइडलाइन लायन सबिना श्रेष्ठ, सिनियर डिष्ट्रिक्ट एडभाइजर तथा क्लबका गाइडलाइन लायन कल्पना सिवाकोटी एमजेएफ, जोन चियरपर्सन तथा एक्सटेन्सन चियरपर्सन लायन कमला बस्नेत कुँवर तथा निर्देशक लायन रोहिता राना लगायत लायन्स कर्मी र रक्तदाताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम क्लबका अध्यक्ष इन्जिनियर धर्मराज अर्यालको अध्यक्षता, क्लबका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक लायन राजु थापाको सञ्चालनमा सम्पन्न भएको हो ।