Butwal Today

कपिलवस्तु २ को देउवा पक्षको  सभापतिमा शर्मा निर्विरोध  

२४ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

कपिलवस्तु   ।  

नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन अन्तर्गत देउवा समूहको कपिलवस्तु क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशन तथा प्रदेश (ख) को अधिबेशन तौलिहवामा निर्विरोध समिती चयन गर्दै सम्पन्न भएको छ । क्षेत्रिय अधिबेशनले गोपीकृष्ण शर्मालाई क्षेत्रिय सभापतिमा निर्विरोध चयन गरेको छ ।

तौलिहवाको शंकर होटलमा सम्पन्न ईतर समुहको अधिबेशनले शर्मालाई निर्विरोध सभापति चयन गरे पनि प्रदेशसभा २ (क) को केहि वडामा अधिबेशन सम्पन्न नभएकाले पुर्ण क्षेत्रिय कार्य समिती चयन नगरेको निर्वाचन समितीले जनाएको छ  । आफुहरुको समुहको क्षेत्रिय अधिबेशन सगैका जिल्ला र अन्य अधिबेशनमा नेता कार्यकर्ताको उत्साहजनक सहभागीता देखिएको निर्वाचित क्षेत्रिय सभापति शर्माले बताए ।
त्यसै गरि सोहि क्षेत्रिय सभा अन्र्तगतको प्रदेशसभा २ (ख) मा समेत जगदिश पाण्डेय (दिनेश) सभापतिमा निर्विरोध चयन भएका छन । प्रदेशसभा क्षेत्रिय सभापतिमा निर्विरोध भएका पाण्डेय ६ गतेको पालिका अधिबेशनको कार्यतालिका अन्र्तगत असोज ८ गते सम्पन्न भएको संस्थापन पक्षको पालिका अधिबेशनको मतदान प्रक्रियामा यशोधरा गाउँपालिकाको पालिका सभापति पदमा निर्वाचित चन्द्र प्रकाश दुवे सँग पराजित भएका थिए । दुवेले ९८ मत पाउदाँ पाण्डेयले ८४ मत पाएर पराजित भएका थिए । शनिवार सम्पन्न प्रदेशसभा सभापतिमा निर्वाचित पाण्डेय सगैं उपभापतिमा भगवानदास यादव र इजरार मुसलमान, सचिवमा देवेश जयसवाल, सहसचिवमा कुद्दुस गद्दी र सुरेन्द्र सिंह सहितको कार्य समिती निर्विरोध चयन भएको जनाईएको छ ।

शेरबहादुर देउवा पक्षको वडा अधिवेशन असोज १५ गते देखि वडाबाट शुरू गरेको अधिबशन अन्र्तगत २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन गरिएको हो । त्यसै गरि कार्तिक २५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ गतेदेखि केन्द्रिय महाधिवेशन गर्ने देउवा समूहको कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?