Butwal Today

एमाले स्थायी कमिटी बैठक आज, पार्टी कमिटीलाई पूर्णता दिने एजेन्डा

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

काठमान्डौँ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक आज शुक्रबार बस्दै छ । पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टी कमिटी तथा विभिन्न सङ्गठनहरूलाई पूर्णता दिने विषयमा छलफल हुने भएको छ ।

उपमहासचिव लेखराज भट्टका अनुसार केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषयमा छलफल गरी आवश्यक निर्णय गर्ने तयारी छ । बैठकको मुख्य एजेन्डा विभिन्न पार्टी कमिटी तथा सङ्गठनहरूलाई पूर्णता दिने रहेको उनले जानकारी दिए ।

बैठकमा पार्टीका विभिन्न विभाग, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । साथै, केन्द्रीय कमिटीमा मनोनयन गर्न बाँकी सदस्यका विषयमा पनि निर्णय गर्ने तयारी छ ।

गत पुसमा ११औँ महाधिवेशन गरेको नेकपा एमालेले अहिलेसम्म अधिकांश कमिटीलाई पूर्णता दिन सकेको छैन ।

यसअघि बिहीबार बसेको बैठकले आगामी मङ्सिरमा राष्ट्रिय भेला गर्ने निर्णय गर्नुका साथै वडा तथा गाउँपालिका अधिवेशनको मिति पनि तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?