Butwal Today

डिएसडिसीको सामाजिक परिक्षण सम्पन्न

२३ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

कपिलवस्तु । 
कपिलवस्तु जिल्लामा क्रियाशिल दलित सामाजिक बिकास केन्द्र (डिएसडिसी) को गत आर्थिक बर्ष २०८२/ ८३ मा गरिएका परियोजना र कार्यक्रमको गतिबिधीहरुको सामाजिक परिक्षण गरिएको छ । डिएसडिसीको आयोजनामा डिएसडिसी र डिएसडिसीले सञ्चालन गर्दै आएका परियोजनाहरुको तौलिहवामा सामाजिक परिक्षण गरिएको हो ।

सामाजिक परिक्षणमा सहभागीहरुले बालबालिकाको बिद्यालय छोड्ने दर घटाउन अभिभावकहरुलाई नै सचेत बनाउनु पर्नेमा जोड् दिए । सो अवसरमा बोल्दै जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले सो संस्थाले दक्षिणका दलित र गरिब महिलाको अवस्था सुधारका लागी संस्थाले उदाहरणीय कार्य गरेको बताए । संस्थाले सञ्चालन गरेको शसक्तिकरण, आयआर्जन र मानसिक स्वास्थ्य कार्यक्रम फिल्डस्तरमै प्रभावकारी देखिएको आचार्यले बताए ।

शिक्षाको अवस्था हेर्दा बिद्यालय बाहिर रहेका किशोर किशोरीका लागी पालिकाले योजना बनाएर राम्रा अभ्यासहरुको अपनत्व लिनु पर्नेमा उनले जोड् दिए । बिभेदको कारक नै अशिक्षा भएकाले बालबालिकाको शिक्षा सुधार्न अभिभावक सचेत बन्न आवश्यक रहेकोमा शुद्धोधन गाउँपालिकाका प्रमुख कमलेश शरण चौधरीले जोड् दिए । संस्थाले महिलालाई स्वाबलम्बी बनाएको र किशोर किशोरीमा सचेतना प्रवाह गर्दै आएको चौधरीको भनाई थियो ।

समुहमा आबद्ध महिला सदस्यहरु र किशोरीहरुले वडास्तरको योजना छनौटमै चासो राखेर आफ्ना अधिकार प्रयोग गर्न आवश्यक रहेको कपिलवस्तु नगरपालिकाका प्रशासकिय अधिकृत पदमराज श्रेष्ठले जोड् दिए । संस्थाले कुरिती बिरुद्ध समुह र समुदायमा कार्य गर्दै आएको मायादेवी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राधबेन्द्र पाण्डेय र यशोधरा १ का वडा अध्यक्ष अब्दुल कय्युम खानले बताए । अभिभावक स्वतफुर्त रुपमा नलागे शिक्षामा सुधार आउन समस्या रहेको युएमएनको तर्फबाट सिवाईसिसी परियोजनाकी संयोजक शान्ति थापा मगरले बताईन । सुशासन, जवाफदेहिता र पारदर्शिता प्रबद्र्धन गर्न संस्थाले हरेक बर्ष सामाजिक परिक्षण गर्दै आएको डिएसडिसीकी अध्यक्ष सुरजमती पासीले जानकारी दिईन ।

संस्थाको एक आर्थिक बर्षको गतिबिधी जवाफदेही निकाय, सरोकारवाला र अधिकारवाला बिच प्रष्ट्याउन कार्यक्रम सहयोगी हुने संस्थाका कार्यकारी निर्देशक रामशरन रैदास, सचिव रोहितलाल कोरी र कोषाध्यक्ष निलम कुमारी पासीले बताए । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष खग प्रसाद चापागाईले सहजीकरण सम्पन्न सामाजिक परिक्षणमा संस्थाको हाम्रो पहुँच परियोजनाको प्रस्तुतीकरण सिनियर कार्यक्रम अधिकृत गोबिन्द धवल, जीवन सुधार कार्यक्रमको प्रस्तुतीकरण कार्यक्रम अधिकृत रमेश कुर्मी, मानसिक स्वास्थ्य कार्यक्रमको प्रस्तुतीकरण कार्यक्रम अधिकृत निर्मला सिंह, सिवाईसिसी कार्यक्रमको प्रस्तुतीकरण कार्यक्रम संयोजक जितेन्द्र चौधरी र सम्बृद्धि परियोजनाको प्रस्तुतीकरण कार्यक्रम संयोजक रतन बहादुर डागीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?