© 2026
बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६ औं अधिवेशनका लागि टंक प्रसाद गैरेको नेतृत्वमा परिणाममुखी संयुक्त नेतृत्व, समृद्ध बुटवलको साझा प्रतिबद्धताू नारासहितको संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ।
संघको आगामी कार्यकालका लागि टंक प्रसाद गैरेको अध्यक्षतामा बनेको प्यानलमा वरिष्ठ उपाध्यक्षमा विमल राज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्ति प्रसाद अधिकारी, महासचिवमा जमुना पौडेल, सचिवमा काशीराम शर्मा पौडेल, कोषाध्यक्षमा टिकाराम बञ्जाडे र सह(कोषाध्यक्षमा जाकिर हुसैन उम्मेदवार रहेका छन्।
यसैगरी बालकृष्ण पौडेल एसोसियट सदस्यमा उम्मेद्वार रहेका छन् भने उद्योग तर्फका ४ सदस्यहरुमा दिपक बास्तोला, गोपाल टण्डन, प्रविण गोविन्द श्रेष्ठ, सुनिता अर्याल रहेका छन् । वाणिज्य तर्फ मनिष कुमार हयोजु, मिलन कुमार भारी, राजेश भट्टराई, सुनिता गिरी सदस्य रहेका छन् । यस्तै महिला सदस्य तर्फ सुकमाया श्रेष्ठ ध्वजु ९सिता० सुष्मा केसी रहेका छन् । खुल्ला सदस्यतर्फ विजयकुमार वर्णवाल, ज्ञानप्रसाद खनाल, गणेश प्रसाद सेढाई, जनक श्रेष्ठ, गोपाल बस्याल, सुशील प्रसाद श्रेष्ठ र ठाकुर घिमिरे चुनावी प्रतिस्पर्धामा छन्।
सम्पूर्ण उद्योगी(व्यवसायीहरूको हित र समृद्धिलाई प्राथमिकतामा राख्दै यस प्यानलले विहिबार पदाधिकारी तथा सदस्य उम्मेदवारहरूको समूह र १० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।